काठमाडौं ।सडकदेखि सदनसम्म जनताको पक्षमा आक्रोश पोख्ने, भ्रष्टाचारविरुद्ध आवाज उठाउने र नीतिगत सुधारको लागि बलियो धारणा राख्ने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रभावशाली नेता, प्रवक्ता तथा प्रमुख सचेतक मा. ज्ञानेन्द्र शाही अहिले नेपालको राजनीति क्षितिजमा बाघजस्तै गर्जिरहेका छन्।
जुम्लाको पिगी गाउँबाट उदाएका शाहीले राजधानी काठमाडौंसम्मको यात्रा संघर्ष, साहस र सिद्धान्तको बलमा गरेका हुन्। विद्यार्थी जीवनमा विज्ञान पढ्दै, भारतमा सिए अध्ययन सुरु गर्दै उनले शिक्षा र सीप दुवै हासिल गरे। तर, राष्ट्रप्रेमले उनलाई विदेशबाट फर्कायो र उनले जनताको न्यायको पक्षमा कलम, क्यामेरा र पछि माइक समाते।
पहिले एभिन्यूज टिभी हुँदै उनले भ्रष्टाचारविरुद्धको अभियान चलाए, पछि राप्रपामा प्रवेश गरेपछि त्यो अभियान अझ संस्थागत ढंगले अगाडि बढ्दै गएको छ। पार्टीले उनलाई प्रवक्ता र प्रमुख सचेतकको जिम्मेवारी दिइसकेको छ।हाल संसदमा उनले दिएको सम्बोधनले ताली मात्र होइन, चेतना पनि उठाएको छ। उनले गर्जिए, “यो राष्ट्र कुनै पार्टीको जागिर होइन, जनताको अमानत हो!” — र यिनै शब्दहरूले थुप्रै जनताको मन छोएको छ।
उनले संसदमा प्रस्तुत गरेको “स्मार्ट गाउँ अभियान”, ग्रामीण शिक्षा, स्वास्थ्य र रोजगारीको खाका अहिले नयाँ नेपालको सपना बोकेको दस्तावेजझैं देखिन्छ।युवाहरूको लागि प्रेरणा, वृद्धहरूको लागि भरोसा, र आमजनताको लागि आशा बनिरहेका छन् ज्ञानेन्द्र शाही।
उनको गर्जन अब क्रान्तिको सन्देश हो, नीति परिवर्तनको आग्रह हो।संसदमा उनले जब बोल्छन्, बाघजस्तै गर्जन्छन्। त्यस गर्जनमा देशको पीडा छ, समाधानको बाटो पनि।“न त बिके, न त झुके — देशका लागि लडेका शाही संसदको बाघ बने!”