अमेरिकाको भूमिमा पहिलो पटक नेपाली समुदायले इतिहास रच्दै डिजिटल क्याम्पिङ सुरु गरेको छ । यो कुनै साधारण कार्यक्रम होइन—यो भविष्यको ढोका खोल्ने, राष्ट्रको डिजिटल सशक्तिकरणको नक्सा कोर्ने महाअभियान हो।
यस अद्वितीय योजनाका परिकल्पनाकार तथा योजनाकार पृथ्वी राज उप्रेती हुन्—जसको नेतृत्वमा यो सपना मूर्तरूप लिँदैछ।कार्यक्रम संयोजक को रुपमा बे एरिया का सफल तथा शक्तिशाली युवा व्यवसायी एवं समाजसेवी प्रिन्स युवराज कार्की, नवप्रवर्तनशील सोचएवं जोशीलो व्यक्तित्व का धनी मनोज गौतम, बहुमुखी प्रतिभा एवं व्यवसायी भएका दिलिप आचार्य, क्रियाशील अभियानकर्मी एवं एवरेस्ट एकाउन्टिङ् का सिइओ शुसिल डल्लाकोटी र जोशिला समाजसेवी उत्तम भट्टराईसहित ६ जना युवा ले यो यात्रा सुरु गरिसकेका छन्।
स्मरणरहोस, प्रिन्स युवराज कार्की त्यहि व्यक्तित्व हुन जसले केहि हप्ता अगाडी अमेरिकामा राधिका माताको स्वागत मा चार्टर प्लेन मार्फत पुष्प बृष्टि गरेर इतिहास रचेका थिए ।
यो केवल क्याम्पिङ मात्र होइन—यो नेपाललाई वाईफाई फ्रि बनाउनको लागि पहिलो परीक्षण हो। फोलसोम, क्यालिफोर्नियाको रमणीय ताल किनारमा गरिएको यो डिजिटल टेस्टिङ अमेरिकामा नै पहिलो पटक नेपालीहरूको पहलमा सम्पन्न भयो।
यो परियोजना सानो सोच, सानो लगानी वा सामान्य प्रयासले सम्भव हुने होइन। यो समुद्र जस्तो विशाल मुटु र आकाश जस्तो फैलिएको सोचको परियोजना हो। यसको लक्ष्य—नेपालका ७७ जिल्लामा वाईफाई फ्रि नेटवर्क विस्तार गर्नु, अनि त्यसको अघि अमेरिका का ५० राज्यमा यसको प्रयोगात्मक कार्यान्वयन गर्नु हो। सम्ववत अमेरिका पछि सर्लाहि को हरिवन बाट यो परियोजना सुरु गर्ने लक्ष्य राखिएको थियो।
यो २० वर्षदेखिको सपना हो जसलाई आज पृथ्वी राज उप्रेतीको अदम्य इच्छाशक्ति र दूरदृष्टिले बाटो देखाएको छ। टीमको अपील छ—
• जसले सक्नुहुन्छ, सिधै सहभागी बन्नुहोस्।
• नसक्नेहरूले यो अभियानलाई संसारभर पुर्याउन सहयोग गर्नुहोस्।
प्रिन्स युवराज कार्कीको शब्दमा—“यो कुनै व्यक्तिको लागि होइन, यो राष्ट्रको गौरवको लागि हो। यो परियोजना को लागि बर्षौ देखि पृथ्वि दाइ ले काम गर्नु भएको थियो जसको सफल परिक्षण अहिले हामि फोलसोम लेक मा आयर गरि रहेका छौ।
यो मेगा प्रोजेक्ट सफल भएमा, नेपाल डिजिटल स्वतन्त्रताको नयाँ युगमा प्रवेश गर्नेछ। इतिहासमा सुनौलो अक्षरले लेखिने यो योजना आज अमेरिकाबाट सुरु भइसकेको छ—अब यसमा हामी सबैको साथ चाहिन्छ।