टोकियो, जापान – जापानमा स्थापित एक सफल युवा व्यवसायी तथा नेपाली समाजका सक्रिय व्यक्तित्व भुवन अधिकारीले नेपाल राष्ट्र बैंकको गभर्नरमा प्रोफेसर डा. विश्व पौडेलको नियुक्तिलाई स्वागत गर्दै सामाजिक सञ्जालमार्फत हार्दिक बधाई र शुभकामना व्यक्त गरेका छन्।
अधिकारीले आफ्नो स्टाटसमा लेखेका छन्:“Congratulations mero daju — तपाईंको विज्ञता माथी न्याय भएको छ। प्रोफेसर डा. विश्व पौडेल गभर्नरमा नियुक्त हुनुभयो म अत्यन्तै खुसी छु। तपाईंको सफल एवम् उत्कृष्ट कार्यकाल रहोस् बधाई एवम् शुभकामना।।”
उनको यो पोस्टले डा. पौडेलप्रति गहिरो सम्मान, आत्मीयता र आशावाद झल्काउँछ। एक व्यवसायीक युवा भएपनि अधिकारी राष्ट्रिय स्तरका विषयमा गहिरो चासो राख्ने, सुसंस्कारी र राष्ट्रप्रेमी चरित्रका युवा हुन्। उनले विगतदेखि नै नेपालका नीति निर्माता, अर्थविद् र नेतृत्व तहप्रति विवेकपूर्ण राय दिने गरेका छन्।
डा. विश्व पौडेल लामो समयदेखि आर्थिक क्षेत्रका सशक्त आवाज, अनुसन्धानकर्ता तथा नीतिगत योजनाकारका रूपमा स्थापित व्यक्ति हुन्। उनीलाई गभर्नरको रूपमा नियुक्त गर्नु नेपालको आर्थिक सुधार, नीतिगत स्थायित्व र विश्वास निर्माणतर्फको ठोस कदम मानिएको छ।
भुवन अधिकारीले यस्तो घडीमा खुलेर समर्थन गर्नु केवल व्यक्तिगत सम्बन्धको कारण मात्र नभई योग्यता र समर्पणको कदर गर्नु हो भन्ने कुरा प्रस्ट हुन्छ।
नेपालबाहिर रहेका युवा व्यवसायी र प्रवासी नेपालीहरूमध्ये भुवन अधिकारी सधैं सकारात्मक सोच, रचनात्मक अभिव्यक्ति र देशप्रेमका लागि परिचित छन्। जापानमा व्यवसाय संचालन गर्दै आए पनि उनी नेपालको सामाजिक, राजनीतिक र आर्थिक विषयवस्तुप्रति उत्तिकै सजग देखिन्छन्।
उनको यो अभिव्यक्तिले गभर्नर डा. पौडेलको नयाँ यात्राप्रति शुभकामनासहित आशावादको झल्को दिन्छ भने विदेशमा रहेका नेपाली युवाहरूको सक्रिय सहभागिताको उदाहरण पनि बन्न पुगेको छ।