न्यूयोर्क, अमेरिका –एनआरएनएका प्रभावशाली युवा व्यवसायी तथा समाजसेवी प्रविण गुरुङ सुरक्षित रूपमा न्यूयोर्क ओर्लिएका छन्। अमेरिका अवतरण लगत्तै उनले सामाजिक सञ्जालमार्फत “Safely landed in New York & thank you respected Raju dai & colleagues for your warm welcome” भन्ने भावुक सन्देश दिएका छन्। उनको उक्त अभिव्यक्तिले आप्रवासी नेपाली समुदायमा आत्मीयता र एकताको भावना थप बलियो बनाएको छ।

कतारलाई कर्मथलो बनाई सफल व्यवसायीका रूपमा स्थापित भएका गुरुङको व्यवसायिक दायरा अहिले विश्वभर फैलने दिशामा अग्रसर छ। व्यवसायसँगै समाजसेवामा समेत सक्रिय रहेका गुरुङले एनआरएनएमा लामो समयदेखि उल्लेखनीय योगदान दिँदै आएका छन्। चाहे आप्रवासी नेपालीका हकहितको पैरवी होस् वा विपद्को बेला सहयोगको हात फैलाउने काम, प्रविण जहिल्यै अगाडि देखिन्छन्।
नेपाल र नेपालीप्रति अपार माया
गोरखा जिल्लामा जन्मिएका प्रविण गुरुङ नेपाल र नेपाली भनेर सुनिनासाथ हुरुक्कै हुने पात्र हुन्। विदेशमा रहेर पनि नेपालको माया मस्तिष्कमा राख्दै आएका उनी जहाँ बसे पनि नेपाली समुदायको सेवा गर्न तत्पर रहन्छन्। समाजसेवाको काम उनले एनआरएनएमा रहेर मात्र होइन, व्यक्तिगत तथा सामूहिक कार्यक्रममार्फत पनि अनवरत रुपमा गर्दै आइरहेका छन्।
अमेरिका यात्रा: बहुआयामिक उद्देश्य
अहिले प्रविण गुरुङ छोटो अवधिको लागि अमेरिका भ्रमणमा छन्। यो यात्रा पारिवारिक, व्यवसायिक र सामाजिक भेटघाट एवं समन्वयका लागि विशेष उद्देश्यले गरिएको हो। न्यूयोर्कस्थित नेपाली समुदायसँगको भेटघाट, आगामी सम्भावनाका साझेदारी तथा एनआरएनए अमेरिकी संरचनासँग समन्वय प्रवर्द्धनका लागि यो यात्रा महत्वपूर्ण मानिएको छ।

निकट स्रोतका अनुसार, गुरुङको यो अमेरिका यात्रा छोटो भए पनि अत्यन्त प्रभावशाली र सानदार हुने अपेक्षा गरिएको छ। उनले प्रवासमा रहेका नेपालीहरूसँग नजिकिएर साझा मुद्दामा छलफल तथा सहकार्यको बाटो खोल्ने तयारी गरेका छन्।
ग्लोबल नेपालीको प्रतीक
प्रविण गुरुङ एउटा त्यस्तो नाम हो, जसले सफल युवा व्यवसायीको परिचय मात्र बोक्दैन, प्रवासी नेपाली समुदायको नेतृत्व गर्न सक्ने विश्वासिलो पात्रको रूपमा स्थापित भइसकेका छन्। कतारमा बसेर उनले जुन परिश्रम, लगनशीलता र इमान्दारिताको परिचय दिएका छन्, त्यसैको प्रतिफलस्वरूप आज उनी विश्वभर छरिएका नेपालीहरुको बीच लोकप्रिय बनेका छन्।
उनी नेतृत्वदायी भूमिकामा मात्र सीमित छैनन्, नेपाली समुदायका पीडा, आकांक्षा र सपना बुझ्न सक्ने र त्यसलाई मूर्तरूप दिन सक्ने क्षमता भएका व्यक्ति हुन्। कतारमा उनले नेपाली समुदायका हरेक पहलूमा आफ्नो उपस्थिति जनाएका छन्। स्वास्थ्य, शिक्षा, विपद् व्यवस्थापन, युवा सशक्तिकरणजस्ता क्षेत्रमा उनले पुर्याएको योगदान अनुकरणीय छ।
भविष्यको रणनीति र संकल्प
विश्वव्यापी व्यापार विस्तारका लागि प्रविण गुरुङ निरन्तर दौडधुपमा छन्। उनले कतारमा स्थापित सफलताको जगमा अब अमेरिका, युरोप, अष्ट्रेलिया लगायतका देशहरूमा पनि व्यवसायिक फ्याक्टर विस्तार गर्ने योजनामा काम गरिरहेका छन्। उनी भन्छन्, “नेपाली भएर मात्र पुग्दैन, हामीले विश्वमा नेपालीको पहिचान समृद्ध, सक्षम र नेतृत्वदायी बनाउनु पर्छ।”

प्रविण गुरुङ जस्ता युवाले देखाएको साहस, दूरदृष्टि र सामाजिक उत्तरदायित्वले नेपाली डायस्पोरालाई मात्र होइन, मुलुकभित्रका युवाहरुलाई समेत प्रेरणा दिएको छ। उनीजस्ता अभियन्ताको सक्रियताले विश्वभर छरिएर रहेका नेपालीहरूलाई एउटै सूत्रमा बाँध्न मद्दत पुगिरहेको छ।