न्युयोर्क, अमेरिका –अमेरिकामा स्थापना भई विश्वभरका नेपाली समुदायका बालबालिकालाई प्रविधि र नवप्रवर्तनको दुनियाँमा लैजान सक्रिय संस्था ‘कोड मन्त्रले’ चर्चित नेपाली अभिनेत्री, निर्माता, निर्देशक तथा सञ्चारकर्मी ऋचा घिमिरेलाई आफ्नो ब्रान्ड एम्बेसडरको रूपमा घोषणा गरेको छ।
अमेरिकामा बसोबास गर्दै आएकी ऋचा घिमिरेले अभिनय क्षेत्रबाट छुट्टै पहिचान बनाएकी मात्र होइनन्, उनी तीन सन्तानकी आमा, एक सक्रिय शिक्षाप्रेमी अभिभावक, र जीवनभर सिकिरहने सोच राख्ने महिला पनि हुन्। उनले आफ्ना बालबालिकाको उज्ज्वल भविष्यका लागि कोड मन्त्रलाई रोजेकी हुन्।
ऋचाले भनिन् – “प्रविधिको युगमा बालबालिकाले सिर्जनात्मक सोच, आत्मविश्वास र नेतृत्व क्षमता सिक्नुपर्छ। मैले कोड मन्त्रामा यी सबै गुणहरूको समावेश देखेकी छु, त्यसैले मैले आफ्ना छोराछोरीका लागि यही प्लेटफर्म रोजेकी हुँ।”
कोड मन्त्रको मिशन भनेको K–12 उमेर समूहका बालबालिकालाई सिर्जनाकर्ता, समस्यासमाधानकर्ता र भविष्यका नेतृत्वकर्ता बनाउनु हो। प्रविधिमा रमाउँदै, बच्चाहरूलाई कोडिङ, एआई, रोबोटिक्स जस्ता क्षेत्रमा आधारभूतदेखि अगाडि लैजाने यो अभियानले अमेरिकासहित नेपाल र अन्य देशका नेपाली समुदायमा लोकप्रियता पाइरहेको छ।
ब्रान्ड एम्बेसडरका रूपमा ऋचा घिमिरेको संलग्नताले कोड मन्त्रको अन्तर्राष्ट्रिय अभियानलाई अझ गतिशील बनाउने संस्थाको विश्वास छ।
कोड मन्त्राको मूल सन्देश:
- Innovation Starts Young
- AI for Kids
- Modern Parenting for Global Nepali Families
- Confident Kids, Creative Minds