काठमाडौं, ठमेल – पर्यटकीय राजधानी ठमेलको नर्सिंह चोकमा ‘आर्य होटेल एण्ड स्पा’ ले औपचारिक रूपमा व्यवसायिक सेवा शुभारम्भ गरेको छ। ऐतिहासिक कला–संस्कृतिको मौलिक झल्को दिने भव्य संरचना, आधुनिक सुविधायुक्त कोठाहरू, आत्मीय आतिथ्यभाव र स्पा सेवा सहित आर्य होटेल राजधानीको आकर्षक गन्तव्य बन्ने दिशामा अघि बढेको छ।
होटेलका प्रमुख तथा परियोजनाका अगुवा कृष्ण प्रसाद सिम्खडाका अनुसार, आर्य होटेल केवल व्यवसाय होइन, नेपाली संस्कृति र मेहेनतको साझा प्रतीक हो। “ठमेलमा यति भव्य र सुविधासम्पन्न होटेल संचालन गर्नुको उद्देश्य स्वदेशी तथा विदेशी पाहुनालाई एकैपटक परम्परा र आधुनिकताको स्वाद दिलाउनु हो,” उनले उद्घाटन अवसरमा बताए।
होटलको विशेषता
आर्य होटेल एण्ड स्पा को साततले भव्य भवन ठमेलको शहरी सौन्दर्यमा अझै चमक थपेको छ। होटलभित्र छिर्दै गर्दा स्वागत कक्षमा झल्किने परम्परागत काठका झ्याल–ढोका, भित्तामा कुँदिएका नेपाली कलाकृति, र आलिशान बत्तीहरूले नेपालको कला, संस्कृति र अतिथि सत्कार झल्काउँछ। कोठाहरू अत्याधुनिक प्रविधियुक्त, स्पा सेवाहरू उच्च स्तरका, र भान्सामा नेपाली स्वादको अन्तर्राष्ट्रिय प्रस्तुति पाइन्छ।
अतिथिका लागि सम्पूर्ण सुविधा
आर्य होटेलमा आरामदायक र शान्त वातावरणमा लग्जरी रुम, मिटिङ हल, मल्टी–कुजिन रेस्टुरेन्ट, बार, र एक्सक्लुसिभ स्पा सेवा प्रदान गरिन्छ। यहाँ बसोबास गर्ने पाहुनाहरूले शारीरिक र मानसिक सन्तुलन पुनः प्राप्त गर्ने अनुभव गर्न सक्नेछन्। होटलले विशेषगरी म्यानेजमेन्ट, सफा सेवा, ग्राहक सेवा र सुरक्षालाई पहिलो प्राथमिकतामा राखेको छ।
विश्वस्तरको आतिथ्य, नेपाली आत्मा
“हाम्रो लक्ष्य ठमेलको पर्यटनलाई अझ उचाइमा पु¥याउने हो। आर्य होटेल नेपाली पहिचान बोकेको अन्तर्राष्ट्रिय ब्रान्ड बनाउने हाम्रो प्रतिबद्धता हो,” सिम्खडाले बताए। होटेलमा स्थानीय कर्मचारीहरूलाई रोजगारी दिई दक्ष बनाउने, र पाहुनालाई घरजस्तो अनुभूति दिलाउने कुरामा जोड दिइएको छ।
निष्कर्षमा, आर्य होटेल एण्ड स्पा को उदघाटनसँगै ठमेलले पर्यटकीय र आतिथ्य सेवाको नयाँ आयाम पाएको छ। राजधानीको सांस्कृतिक हृदयमा खुलेको यो होटेलले नेपाल भ्रमण वर्ष २०८२ लाई समेत सकारात्मक ऊर्जा दिने विश्वास गरिन्छ। होटललाई शुभकामना — आर्य होटेल, जहाँ परम्परा र विलासिता एकसाथ बास बस्छन्।