“संस्थाको सम्मान, समुदायको विश्वास, कार्यको गारन्टी”
उम्मेदवारी घोषणा — प्रतिबद्धताको पहिचान
गैरआवासीय नेपाली संघ (NRNA) राष्ट्रिय समन्वय परिषद्, अमेरिका (NCC USA) को आगामी कार्यकाल (2025–2027) का लागि सतेन्द्र शाहले अध्यक्ष पदमा आफ्नो उम्मेदवारी आधिकारिक रूपमा घोषणा गरिसकेका छन्।
उनी एक जिम्मेवार, अनुभवी र दूरदृष्टि सम्पन्न अभियन्ता हुन्, जसले NRNA लाई संस्थागत रूपले बलियो बनाउने, सदस्य संख्यामा गुणात्मक वृद्धि गर्ने, र प्रवासी नेपालीहरूको हकहित सुनिश्चित गर्ने स्पष्ट योजना तयार गरेका छन्।
उनको उम्मेदवारी दर्ता प्रक्रियामा डा. बरुण शाह (नोमिनेटर) र डा. रुबिना शाह (सपोर्टर) जस्ता प्रतिष्ठित नामहरूको साथ हुनु नै उनको उम्मेदवारीप्रतिको विश्वासको प्रमाण हो।
सतेन्द्र शाहको कार्यदिशा र विशेष प्राथमिकता
वंशजलाई नागरिकताको अधिकार — “हाम्रो पहिचानको निरन्तरता”
सतेन्द्र शाहको प्रमुख एजेन्डामध्ये पहिलो र गहिरो विषय NRNA वंशज (Descendants) लाई नेपाली नागरिकताको मान्यता दिलाउने हो।उनी भन्छन् — “नेपालसँग हाम्रो माया पुस्तौं पुस्ता टिक्नुपर्छ, अधिकारबाट होइन, सम्बन्धबाट छुट्टिनु हुँदैन।”उनको कार्यकालमा वंशजलाई नागरिकताको प्रत्याभूति दिलाउने पहल प्राथमिकतामा रहनेछ।
नेपाली लगानी सुरक्षित गर्न रणनीतिक पहल
विदेशबाट नेपालमा लगानी गर्ने नेपालीहरू असुरक्षित महसुस गर्ने, प्रक्रिया जटिल हुने, र गैरपारदर्शी वातावरणबाट निराश हुने अवस्था अझै हटेको छैन।
सतेन्द्र शाहको प्रतिवद्धता:
- विदेशस्थित नेपालीहरूको लगानीलाई संरक्षित गर्न “Lagani Suraksha Board” स्थापनाका लागि आवाज उठाउने।
- लगानीमैत्री नीति निर्माणमा एनआरएनएको सक्रिय सहभागिता सुनिश्चित गराउने।
- नेपाल सरकारसँग नीति–निर्माण तहमा प्रत्यक्ष संवाद गर्दै दीर्घकालीन समाधान खोज्ने।
NRN भोटिङ अधिकारको सुनिश्चितता — “हाम्रो मत, हाम्रो आवाज”
नेपाली संविधानले गैरआवासीय नेपालीलाई मतदान अधिकारको संकेत गरे पनि त्यसको कार्यान्वयन अझै अपुरो छ।
सतेन्द्र शाहको कार्यदिशा:
- भोटिङ अधिकार कार्यान्वयन गर्न दबाबमूलक अभियान चलाउने।
- निर्वाचन आयोग र सरकारसँग सघन समन्वय गर्दै NRNA प्रतिनिधिको सहभागिता सुनिश्चित गर्ने।
- “भोट बिना प्रतिनिधित्व अधुरो हुन्छ” भन्ने मान्यता स्थापित गराउने।
Double Taxation Avoidance — आर्थिक न्यायका लागि अन्तर्राष्ट्रिय पहल
अमेरिकामा कमाएर नेपालमा लगानी गर्दा दोहोरो कर (Double Taxation) लाग्ने समस्याले थुप्रै नेपाली व्यवसायी मारमा परेका छन्।
सतेन्द्र शाह भन्छन् —“सहयोग गर्ने हातलाई सजाय होइन, संरक्षण चाहिन्छ।”
उनको योजना:
- नेपाल सरकार र अमेरिकासँग Double Taxation Avoidance Treaty लागू गराउने पहलमा अगुवाइ लिने।
- राजनैतिक तहमा र कूटनीतिक स्तरमा दबाब र संवाद दुवै गर्न सक्ने संयन्त्र विकास गर्ने।
- प्रवासी नेपालीको आर्थिक योगदानलाई ‘penalize’ होइन ‘recognize’ गराउने।
NRNA अमेरिकामा सदस्यता बृद्धि — “NRNA for All” अभियान
अहिले NRNA NCC-USA को सदस्य संख्या वास्तविक जनसंख्याको तुलनामा अत्यन्त न्यून छ।सतेन्द्र शाहको स्पष्ट धारणा: “NRNA सबैको हुनुपर्छ, गुट, वर्ग, वा क्षेत्र विशेषको होइन।”
उनको योजनाः
- “NRNA for All” अभियानमार्फत नेपाली समुदायमा जनसरोकार, शिक्षा, स्वास्थ्य, रोजगार लगायतका विषयमा प्रत्यक्ष सहकार्य बढाउने।
- डिजिटल सदस्यता अभियान (Online+Offline) दुवै माध्यमबाट सदस्यता सहज बनाउने।
- स्टेट–लेभल एम्बेसडर प्रणाली लागू गर्दै सदस्यता वृद्धि गर्ने।
सतेन्द्र शाह किन आवश्यक छन् ?
✅ संस्थागत निष्ठा भएको नेता
✅ अनुभव र विचारमा सन्तुलन
✅ समावेशी दृष्टिकोण र सर्वसुलभ शैली
✅ काम गर्ने आँट र परिणाम दिने क्षमता
✅ एनआरएन आन्दोलनलाई राजनीतिकरणबाट बचाउने अठोट
सन्देश : अब समय आयो नेतृत्व परिवर्तनको — विचार, क्षमता र प्रतिवद्धताको नेतृत्व
NRNA अब संस्थागत, उत्तरदायी र समर्पित नेतृत्व खोज्दैछ।
सतेन्द्र शाह त्यही पुस्ताका प्रतिनिधि हुन् जसले एनआरएनएलाई पुनः जीवन्त, पारदर्शी र सबल बनाउन सक्छन्।
“हामी नेपाली जहाँ छौं, NRNA हाम्रो साझा घर हो। त्यस घरको नेतृत्व विश्वासिलो, पारदर्शी र समर्पित हुनु जरुरी छ – र त्यो नेतृत्व सतेन्द्र शाह दिनसक्छन्।”
📢
उनीलाई जिताउनुहोस्, ताकि–
- वंशजलाई नागरिकता मिलोस्
- लगानी सुरक्षित होस्
- हाम्रो मतले हाम्रो नेता चुन्न सकियोस्
- दोहोरो करको अन्त्य होस्
- सदस्य संख्या गुणात्मक रूपमा बढोस्
NRNA NCC-USA अध्यक्ष पदका उम्मेदवार
✦ सतेन्द्र शाह ✦
“समर्पित नेतृत्व, साझा भविष्य”