संयुक्त राज्य अमेरिका—गैरआवासीय नेपाली संघ (NRNA) राष्ट्रिय समन्वय परिषद्, अमेरिका (NCC USA) को २०२५–२०२७ कार्यकालका लागि बोर्ड अफ डाइरेक्टर्स पदमा टेक्सास निवासी समाजसेवी तथा शिक्षाविद् बाबुराम काफ्लेले आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। “एनआरएनएमा एकता, आजको आवश्यकता” भन्ने मूल नारासहित उनले आफ्ना अभियानहरू सार्वजनिक गर्दै संस्थामा पारदर्शिता, उत्तरदायित्व, समावेशिता र परिणाममुखी कार्यदिशाको पक्षमा उभिने स्पष्ट संकल्प व्यक्त गरेका छन्।
उनको उम्मेदवारीले प्रवासी नेपाली समुदायभित्र एउटा नयाँ आशा, प्रेरणा र नेतृत्वको ढोका खोलेको छ। उम्मेदवारी घोषणा गरिसकेपछि देशभरिका एनआरएन कार्यकर्ता, नेपाली विद्यार्थी तथा सामाजिक अभियन्ताबाट उनलाई शुभकामनाको ओइरो लागेको छ।
जीवन यात्रा: दोलखादेखि टेक्साससम्मको प्रेरणादायी यात्रा
बाबुराम काफ्ले नेपालको दोलखा जिल्ला, तामाकोसी गाउँपालिका–१, भीरकोट ,साबिक : भिरकोट गा बि स वडा नं ४ मा जन्मिएका हुन्। हिमाली क्षेत्रको प्राकृतिक सुन्दरता र कठिनाइले भरिएको परिवेशमा हुर्केका काफ्ले प्रारम्भिक जीवनदेखि नै अध्ययन, संघर्ष र सेवाको बाटोमा लागे।
स्नातकोत्तर तहसम्मको अध्ययन सकेर उनले नेपालका विभिन्न क्याम्पसहरूमा नेपाली भाषा, साहित्य र व्याकरण विषयमा अध्यापन गरे। उनी साहित्यिक सृजनामा मात्र होइन, शैक्षिक पुस्तक लेखन तथा प्रकाशनको क्षेत्रमा पनि उत्तिकै सक्रिय रहँदै आएका थिए।
उनी भन्छन्—“नेपालमा मैले शिक्षादानको माध्यमबाट समाज रूपान्तरणको प्रयास थालेँ, तर जब अमेरिका आएँ, त्यही सेवाभावलाई अन्तर्राष्ट्रिय स्तरमा फैलाउने सोच बनाएँ।”
अमेरिका प्रवेश र सामाजिक संलग्नता
सन् २०१९ तिर टेक्सास, अमेरिका आइपुगेका बाबुराम काफ्लेले प्रारम्भिक वर्षहरूमा सामाजिक र सांस्कृतिक गतिविधिमा सक्रिय सहभागिता जनाए। उनले विशेष गरी टेक्सास राज्यको वाको क्षेत्रलाई आफ्नो कार्यक्षेत्र बनाउँदै विभिन्न संघ-संस्था, विद्यार्थी संगठन, भाषा–संस्कृति प्रवर्द्धन अभियानहरूसँग सहकार्य गर्न थाले।
उनका प्रमुख संलग्नता र योगदानहरू:
- Waco Nepali Society Texas र Nepali Society of Texas (NST) मा सकृय सदस्यता।
- परेका नेपाली विद्यार्थीहरूका लागि शैक्षिक, आवासीय र आर्थिक सहयोग।
- भाषा, साहित्य, संस्कृति, पर्यटन, दर्शन, र पहिचान संरक्षणमा कार्यक्रमहरू सञ्चालन।
- प्रवासी नेपालीको हकहितको सवालमा गोष्ठी, संवाद र पहलहरूमा सहभागिता।
एनआरएनएप्रति दृष्टिकोण: संस्था होइन, अभियान हो
बाबुराम काफ्ले एनआरएनएलाई एउटा केवल संस्था होइन, समर्पण र सामाजिक चेतनाको अभियानको रूपमा हेर्छन्। उनको भनाइमा—
“एनआरएनए भनेको केवल चुनाव जित्ने मञ्च होइन। यो अभियान हो—हाम्रा भाषा, संस्कृति, इतिहास, चाडपर्व, र पहिचानलाई संसारभर चिनाउने। यो हाम्रो साझा घर हो।”
उनले एनआरएनए भित्र युवाको सहभागिता, समावेशी नेतृत्व, भाषा–संस्कृतिको सम्मान, र पारदर्शी आर्थिक प्रणालीको पक्षमा स्पष्ट कार्यदिशा बनाएका छन्।
उम्मेदवारी घोषणा र नाराको गहिराइ
२०२५–२०२७ कार्यकालका लागि बोर्ड अफ डाइरेक्टर्स पदमा उम्मेदवारी घोषणा गर्दै उनले “एकता, आजको आवश्यकता” भन्ने नारा अघि सारेका छन्। यो नारा केवल शब्द होइन—एनआरएनएभित्रको विगतका फाटो, अन्तरद्वन्द्व र अविश्वासको पृष्ठभूमिमा उनी नेतृत्वद्वारा ल्याउन खोजिएको सामूहिकताको स्पष्ट संकेत हो।
उनको प्रचार सामग्रीमा अमेरिकी र नेपाली झण्डालाई सँगै राखेर द्वैध पहिचानप्रतिको सम्मान दर्शाइएको छ। “नेपालका लागि नेपाली” भन्ने भावनाले प्रवासी नेपालीको मूल आत्मा बोल्छ।
नेतृत्वको विशेषता: सौम्यता, अनुभूति र कार्यदक्षता
उनको उम्मेदवारी पोस्टरमा उनले हात जोडी नमस्कार गरिरहेको चित्रले एक सेवामूलक, विनम्र र नेपाली मूल्यमा आधारित नेतृत्वको संकेत गर्छ। उनले हरेक अभिव्यक्तिमा प्रवासी नेपाली समुदायलाई जोड्ने, सुन्ने, बुझ्ने र समाधान दिन सक्ने शैली देखाएका छन्।
बाबुराम काफ्ले नेतृत्वमा देखिन्छ:
- समाजप्रतिको समर्पण।
- व्यक्तिगत प्रचारभन्दा संस्थागत बलमा विश्वास।
- बहसलाई सम्मान गर्ने तर निष्कर्षमुखी विचार राख्ने।
- अन्तरसंवादमार्फत एकता कायम गर्ने सामर्थ्य।
शिक्षासेवी र लेखकको परिचय
बाबुराम काफ्ले नेपाली साहित्य र व्याकरणमा गहिरो पकड राख्ने लेखक पनि हुन्। उनले लेखेका थुप्रै शैक्षिक पुस्तकहरू विद्यालय तथा क्याम्पसमा पाठ्यक्रमका रूपमा पढाइएका छन्।
सामाजिक विषयमा आधारित लेख, भाषण, टिप्पणी र पत्रहरू नेपाली समाजका विभिन्न माध्यममा प्रकाशित छन्। प्रवासमा रहेर पनि उनले नेपाली साहित्यलाई जीवन्त बनाउने अनेक प्रयास गरेका छन्।
आगामी कार्यदिशा: संस्थागत सुधार र सामाजिक न्याय
यदि निर्वाचित भए, उनले निम्न पाँच कार्यलाई पहिलो प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाएका छन्:
- एनआरएनए संस्थामा आर्थिक पारदर्शिता र जवाफदेही नेतृत्व।
- भाषा, संस्कृति, पर्यटन र शिक्षा प्रवर्द्धन सम्बन्धी कार्यक्रमहरू अन्तर्राष्ट्रिय स्तरमा विस्तार।
- विद्यार्थी, महिलाहरू, युवा र वृद्धप्रवासीहरूको हक–हितमा कार्यक्रमहरू सञ्चालन।
- राजनीतिक निरपेक्षता र समावेशी नीति अन्तर्गत सबल प्रतिनिधित्व।
- एनआरएन अभियानलाई राष्ट्रिय गौरवका रूपमा स्थापित गर्ने कूटनीतिक पहल।
उम्मेदवारीभन्दा परको नेतृत्व
बाबुराम काफ्लेले अघि सारेको विचार, नारा र कार्यदिशा केवल निर्वाचन जित्ने औजार होइन। यो सम्पूर्ण एनआरएनएलाई समाजसेवा, भाषा संरक्षण, र प्रवासी नेपालीको हितमा केन्द्रित बनाउने सशक्त दृष्टिकोण हो।
नेतृत्वले केवल बोल्नु हुन्न, देखाउनु पर्छ भन्ने मान्यतामा अडिग काफ्ले जस्ता उम्मेदवारको उपस्थिति संस्थालाई गतिशील, सशक्त र जन–केन्द्रित बनाउने स्पष्ट संकेत हो।
उनको उम्मेदवारीले वर्तमान एनआरएनएको चुनावी मैदानमा विचार, मूल्य र सेवाको एजेन्डा ल्याएको छ। यस्तो नेतृत्वलाई टेकेर एनआरएनए अमेरिका अझ मजबुत, समावेशी र गौरवशाली बन्ने निश्चित छ।
लेखक: एचबी ताम्राकार (युवा पत्रकार) ,सम्पर्क: 9748257110