कोलोराडो, अमेरिका | अगस्त ४, २०२५ — प्रवासी नेपाली समुदायमा युवा, समावेशी र प्रविधिमैत्री नेतृत्वको आवश्यकता बढ्दो छ। यही सन्दर्भमा भैरहवा, सिद्धार्थनगर नगरपालिका स्थायी घर भई हाल अमेरिका कोलोराडोमा बसोबास गर्दै आएकी करीना कुँवर गैरआवासीय नेपाली संघ (NRNA) राष्ट्रिय समन्वय परिषद् (NCC-USA) को महिला संयोजक पदका लागि २०२५–२०२७ कार्यकालको उम्मेदवारी प्रस्तुत गर्दै प्रवासी नेपाली महिलाहरूको सशक्त आवाज बनिरहेकी छिन्।
प्राविधिक पृष्ठभूमि र सामाजिक सक्रियता
Software Engineer पेशा भएका करीना कुँवर विगत ६/७ वर्षदेखि कोलोराडोमा बस्दै आइरहेकी छन्। उहाँले १२ कक्षा सिद्धार्थनगरमै अध्ययन गरेकी हुन् र त्यसपछि उच्च अध्ययनको लागि अमेरिका आएकी हुन्। अमेरिका पुगेदेखि नै उहाँ स्थानिय सामुदायिक संस्था, गैर-नाफामूलक संघसंस्था र महिला सशक्तिकरण अभियानहरूमा सक्रिय रूपमा संलग्न रहँदै आइरहेकी छन्।
उहाँको विश्वास छ:“NRNA को नेतृत्व अब समावेशी, आधुनिक सोच र निष्ठापूर्वक काम गर्ने व्यक्तिहरूको हातमा हुनु पर्छ।”
आगामी योजनाहरू र समाधानमुखी दृष्टिकोण
करीना कुँवरले आफ्ना प्राथमिकताहरू र कार्ययोजना स्पष्ट रूपमा सार्वजनिक गरेकी छिन्, जसमा महिला सशक्तिकरण, प्रविधि-अनुकूल नेतृत्व, र नीतिगत सुधार प्रमुख विषय हुन्।
उहाँका पाँच प्रमुख प्रतिबद्धता:
- दोहोरो नागरिकता (Dual Citizenship) प्राप्तिको अभियानलाई संस्थागत रूपमा अगाडि बढाउने।
- NRNA Identity Card लाई अझ अधिकारसम्पन्न र उपयोगी बनाउने विशेषगरी सम्पत्ति, लगानी र व्यवसाय सञ्चालनका क्षेत्रमा।
- NRNA को एकता पुनर्स्थापना गर्दै महिला सहभागिता सुनिश्चित गर्ने।
- प्रशिक्षण, सूचना सत्र, र सदस्यता विस्तार मार्फत महिलाहरूलाई जानकारी, पहुँच र अवसर दिने।
- युवा सहभागिता र प्रविधि-मैत्री कार्यक्रम मार्फत नेतृत्व विकासमा सहयोग गर्ने।
सदस्यता प्रणालीमा सुधारको अठोट
उहाँले विशेष रूपमा सदस्यता प्रणालीमा सुधार ल्याउने प्रतिबद्धता जनाएकी छन्। अहिले सदस्यता निर्वाचनअघि मात्र खुल्ने परिपाटीले धेरैलाई NRNA मा सहभागी हुन असहज बनाइरहेको कुरा उठाउँदै, करीना कुँवरले सदस्यता वर्षभर खुला राख्ने व्यवस्था गर्न आवाज उठाउने बताएकी छन्।
भिजन: समावेशी र पारदर्शी नेतृत्व
उहाँले सामाजिक सञ्जालमार्फत भनेकी छन्:“NRNA लाई पारदर्शी, समावेशी र सबैको आवाज प्रतिबिम्बित गर्ने संस्था बनाउन तपाईंको साथ, सुझाव र अमूल्य समर्थनको अपेक्षा गर्दछु।”
करीना कुँवरको उम्मेदवारी केवल पदको आकांक्षा होइन, एक दिगो सोच, दूरदृष्टि र उत्तरदायित्वपूर्ण नेतृत्वको प्रस्तुति हो। उहाँले NRNA अमेरिका भित्र विविध महिलालाई एकताको सूत्रमा बाँध्न, अवसरहरू सिर्जना गर्न र संस्थाको निर्णय प्रक्रियामा सक्रिय बनाउने ठोस योजना अघि सारेकी छन्।
निर्वाचन मिति:
🗳 अगस्ट १६ र १७, २०२५ मा हुने NRNA NCC USA को निर्वाचनमा करीना कुँवरको उम्मेदवारी नयाँ पुस्ताका लागि प्रेरणा बनिरहेको छ।
उहाँको अभियानका सन्देशहरुः
🔹 #NRNAReformNow
🔹 #VoteForChange
🔹 #WomenInLeadership
🔹 #TransparentLeadership
🔹 #YouthForNRNA
🔹 #InclusiveLeadership
🔹 #TimeForAction
🔹 #NRNAStrongFuture
प्रवासी नेपाली महिला समुदायको आवाज बन्न तयार करीना कुँवरलाई समर्थन गर्नुहोस्।
परिवर्तन सम्भव छ, जब तपाईं सही नेतृत्व रोज्नुहुन्छ।
📌 उम्मेदवार: करीना कुँवर
📌 पद: महिला संयोजक (Women Coordinator)
📌 संस्था: गैरआवासीय नेपाली संघ (NRNA) – NCC USA
📅 निर्वाचन मिति: अगस्ट १६ र १७, २०२५