टोकियो, जापान ।प्रवासी नेपाली सम्पर्क विभाग जापानको आयोजनामा सम्पन्न ‘BBQ तथा हस्ताक्षर अभियानमा एकीबद्धता’ कार्यक्रम आइतबार उत्साहपूर्वक सम्पन्न भयो। जापानमा बसोबास गरिरहेका नेपालीहरूको उल्लेखनीय उपस्थिति रहेको सो कार्यक्रममा एनआरएनए जापानका अध्यक्ष पदका प्रत्यासी सुवास लामिछानेको समेत उल्लेखनीय सहभागिता रह्यो।

कार्यक्रममा सहभागी भएर आफ्ना विचार व्यक्त गर्ने अवसर पाएका सुवास लामिछानेले आयोजक प्रतिको कृतज्ञता व्यक्त गर्दै लेखे:
“आज प्रवासी नेपाली सम्पर्क विभाग जापानद्धारा आयोजित ‘BBQ तथा हस्ताक्षर अभियानमा एकीबद्धता’ कार्यक्रममा सहभागी भई आफ्ना केही भनाइहरू राख्ने मौका दिनु भएकोमा आयोजकप्रति कृतज्ञ छु।
यो माया र आतिथ्यता सदैव यादगार रहिरहनेछ।”

सामाजिक संजालमा प्रकाशित यस स्टाटसले लामिछानेको विनम्रता, सहभागिताको भाव, र सबैलाई जोड्ने शैली झल्काएको छ।
कार्यक्रममा उनले एनआरएनए जापानभित्र सबै समुदाय, प्रदेश र वर्गको एकतामूलक सहभागिता कति आवश्यक छ भन्ने सन्देशसमेत दिएका थिए।

उनको शालीन शैली, सक्रिय सहभागिता र “सम्भव छ!” भन्ने आशावादी अभियान नाराले उपस्थित धेरैलाई आकर्षित गर्यो।
कार्यक्रममा उपस्थित सहभागीहरूका अनुसार, लामिछाने एक “सुनुवाइ गर्ने नेता” हुन् — जो केवल भाषण होइन, संवादमा विश्वास गर्छन्।