काठमाडौँ, इटाखेल — बेल्जियम निवासी एनआरएन तथा युवा व्यवसायी सुदर्शन सिंखडाको पहलमा काठमाडौँको इटाखेलमा एक विशेष सामाजिक अभियान सञ्चालन गरिने भएको छ। स्थानीय समाजसेवीहरूको सहभागितामा आयोजित बैठकले खेलकुद भवन निर्माण, स्वास्थ्य चौकी भवन व्यवस्थापन, र वृक्षारोपण कार्यक्रम सञ्चालनका लागि तीन बुँदे कार्ययोजना पारित गरेको छ।

इटाखेल टोल विकास संस्थाका अध्यक्ष वसन्त थापाको अध्यक्षतामा सम्पन्न उक्त बैठकले सामाजिक पूर्वाधार र वातावरण संरक्षणमा केन्द्रित रही दीर्घकालीन योजनाहरू अघि बढाउने निर्णय गरेको हो।
पारित तीन बुँदे कार्ययोजना यस प्रकार छ:
1. खेलकुद भवन निर्माणका लागि सरकारले विनियोजन गरेको बजेटलाई स्थानीय स्तरको सहयोग र समन्वयमा प्रक्रिया अगाडि बढाउने।
2. स्वास्थ्य चौकी भवन निर्माणका लागि सम्बन्धित सरकारी निकायहरूसँग सहकार्य गर्दै निर्माण कार्य अघि बढाइने।
3. वृक्षारोपण कार्यक्रम इटाखेल चौक तथा सार्वजनिक स्थानहरूमा सरसफाइ र हरियाली अभिवृद्धिको उद्देश्यसहित सञ्चालन गरिने।
बैठकमा स्थानीय प्रतिनिधिहरू, सरोकारवाला व्यक्तित्वहरू, युवा, महिला तथा समाजसेवीहरूको सक्रिय उपस्थिति रहेको थियो। सहभागीहरूले इटाखेल क्षेत्रको समग्र विकासका लागि सहकार्यमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
अभियान कार्यान्वयनका लागि गठन गरिएको समिति:
अध्यक्ष: वसन्त थापा
उपाध्यक्ष: विमल थापा
सचिव: सागरप्रसाद पौडेल
सहसचिव: निज्जु राई
सदस्यहरू: कमल थापा, शर्मिला ढकाल, शोभा पौडेल, जेनिसा आगा, जमुना बादिकार, कपिल पौडेल, बच्चुराम ढकाल, दिलीप थापा, सहदेव भुजेल
सल्लाहकारहरू: राधाकृष्ण ढकाल, जनक थापा, प्रद्युम्न पौडेल
अतिथि सल्लाहकार: सुदर्शन सिंखडा
समितिले इटाखेलमा सामाजिक रूपान्तरणका परियोजनाहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने जिम्मेवारी लिनेछ।
सुदर्शन सिंखडाले “विदेशमा भए पनि जन्मभूमिप्रतिको दायित्व महसुस गर्दै सामाजिक काममा सक्दो योगदान गर्दै आएको” बताउँदै भविष्यमा पनि सहयोग निरन्तर रहने प्रतिबद्धता जनाए।
