टोकियो, जापान – समाजसेवा र सहयोगका निम्ति सधैं अगाडि रहने सफल व्यवसायी कृष्ण सिम्खडाबाट धादिङ समाज जापानले स्थापना गरेको आपत्कालीन राहत कोषमा ¥1,00,000 (एक लाख येन) बराबरको आर्थिक सहयोग प्राप्त भएको छ।
धादिङ समाज जापान परिवारले उक्त अमूल्य सहयोगप्रति हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दै एक वक्तव्य जारी गरेको छ। वक्तव्यमा भनिएको छ, “समाजसेवी तथा समाजलाई सदैव साथ दिने प्रेरणादायी व्यक्तित्व कृष्ण सिम्खडाले संकटको बेलामा सहयोग गरेर सम्पूर्ण नेपाली समुदायलाई एकताको सन्देश दिनुभएको छ।”
समाज र व्यवसाय दुवैमा सफल
जापानमा मात्र नभई नेपालमा पनि केही योगदान गरौँ भन्ने सोचका साथ कृष्ण सिम्खडाले हालै Arya Hotel को सञ्चालन सुरु गर्नुभएको छ। नेपालमै लगानी गरेर रोजगारी सिर्जना गर्ने र पर्यटन प्रवर्द्धनमा टेवा पु-याउने उद्देश्यले खोलिएको यो होटलले व्यवसायिक सफलता मात्र होइन, सामाजिक उत्तरदायित्वको उदाहरण पनि बनिरहेको छ।
धादिङ समाज जापानले आगामी दिनहरूमा पनि उहाँबाट यस्तै साथ, सहयोग र प्रेरणा प्राप्त हुने विश्वास व्यक्त गरेको छ।
प्रेरणादायी योगदान
कृष्ण सिम्खडाको यो सहयोगले विदेशमा रहेका नेपाली समाजका साझा उद्देश्यहरू पुरा गर्न, आपत्कालीन अवस्थामा पीडितलाई तत्काल राहत दिन र सामाजिक एकता मजबुत बनाउन थप ऊर्जा प्रदान गर्ने विश्वास गरिएको छ।