लन्डन –गम्भीर रोग Aplastic Anemia बाट पीडित लमजुङ, सुन्दरबजार–८, भोटेवोडारका २६ वर्षीय राजन मालुवालाई बचाउनका लागि बेलायतमा बसोबास गर्ने नेपाली समुदायको सक्रिय सहयोगले एक सकारात्मक लहर सिर्जना गरेको छ।
राजन मालुवा, जो हाल ललितपुरस्थित Blood & Multispeciality Hospital Pvt. Ltd. मा उपचाररत छन्, उनको जीवन रक्षाका लागि आवश्यक पर्ने रू ५० लाख भन्दा बढी रकम संकलनका लागि बेलायतवासी नेपालीहरूले “राजन पेले बचाउ अभियान” संचालन गरेका छन्।
यस अभियानमा वरिष्ठ समाजसेवी तथा प्रेरणादायी व्यक्तित्व राजशान्ति सुनारको नेतृत्व र अग्रसरता अत्यन्त प्रशंसनीय देखिएको छ। सुनारले £101 सहयोग गर्दै अभियानको थालनी गर्नुका साथै समाजमा उदाहरणीय प्रेरणा दिएका छन्। उनको यस कार्यले अन्य सामाजिक अभियन्ताहरुलाई समेत योगदान गर्न उत्प्रेरित गरेको छ।
अन्य सहयोगदातामध्ये —
- सानु गुरुङ र इस्मृति गुरुङ (भोटेओडार) ले £111
- यम बहादुर घले ले £55
- पृथ्वी गुरुङ ले £101
जस्ता मनकारी सहयोगदाताहरूले आ-आफ्नो तर्फबाट सहयोग पुर्याई अभियानलाई सार्थक बनाइरहेका छन्।
राजनको परिवार हाल अत्यन्तै कठिन आर्थिक अवस्थाबाट गुज्रिरहेको छ। उनीहरूको नाममा रहेको सम्पत्ति किर्ते भएको र हाल घर बेच्न समेत असमर्थ भएकाले उपचार खर्च जुटाउन सार्वजनिक अपिल गरिएको हो।
युवा राजनको उपचारमा मुख्य आवश्यकता Bone Marrow Transplant रहेको र यो प्रक्रिया निकै जटिल तथा खर्चिलो हुने भएकाले देश–विदेशमा रहेका दाजुभाइ, दिदीबहिनीहरूलाई आत्मीय आग्रह गरिएको छ।
यस अभियानमा सहयोग गर्न चाहनेहरूका लागि दुईवटा खाताहरु सार्वजनिक गरिएको छ:
🔹 नेपालको बैंक विवरण:
Account Holder: Jit Kumari Surkheti Maluwa
Account Number: 0940070539400015
Bank: NMB Bank Limited
योजना अनुसार, सहयोग गर्नेलाई रकम ट्रान्सफर पश्चात आफ्नो नाम र विवरण सह-योजकहरूसँग सम्पर्क गरी सूचित गर्न अनुरोध गरिएको छ।
सह-योजकहरूसँग सम्पर्कका लागि:
- राजकुमार सुनार – 07472 260645
- सानु गुरुङ – 07898 839978
समाजमा “एकले थुकी सुक्छ, सयले थुकी नदी बन्छ” भन्ने भनाइलाई चरितार्थ गर्दै बेलायतवासी नेपालीहरूको एकता र सहकार्यले फेरि एकपटक मानवीयताको उज्यालो देखिएको छ। राजशान्ति सुनार लगायत सबै सहयोगदातालाई हार्दिक आभार व्यक्त गर्दै राजनको जीवन बचाउने यो अभियान अझ फैलिन सकोस् भन्ने शुभकामना।