अमेरिकाको क्यालिफोर्नियामा बसोबास गर्दै आएका शक्तिशाली युवा व्यवसायी तथा वरिष्ठ समाजसेवी प्रिन्स युवराज कार्कीले नेपालको वर्तमान राजनीतिक अवस्थाप्रति गहिरो चिन्ता व्यक्त गर्दै Zen-Z आन्दोलनलाई खुलेर समर्थन गरेका छन्।
उनी भन्छन्— “हाम्रो कृषिप्रधान देशलाई नेताहरूले कुर्सी–प्रधान देश बनाइदिए। अब यो असमानता, भ्रष्टाचार र दुरुपयोगको आगोले ज्वालामुखी भएर Zen-Z पुस्तालाई उठ्न बाध्य पार्नेछ। समयमै चेतना आवश्यक छ।”
Gen Z को शक्ति
कार्कीले स्पष्ट पारेका छन् कि Gen Z, अर्थात् १९९७ देखि २०१२ बीच जन्मिएका पुस्ता, इन्टरनेट, मोबाइल र डिजिटल संस्कृतिसँग हुर्किएको पहिलो पुस्ता भएकाले उनीहरूलाई भविष्यका डिजिटल नेतृत्वकर्ताका रूपमा लिनुपर्नेछ।
• TikTok, Instagram, YouTube मा उनीहरूको सक्रियता
• समानता, वातावरणीय संरक्षण, सामाजिक न्याय र स्वतन्त्र सोचप्रतिको लगाव
• नयाँ आइडिया र प्रविधिमैत्री जीवनशैली
यी सबै गुणहरूले Gen Z लाई परिवर्तनकारी शक्तिको रूपमा स्थापित गरेको उनको मत छ।
किन आवश्यक छ Zen-Z आन्दोलन?
कार्कीले विगतका राजनीतिक आन्दोलनहरूले शासन व्यवस्था फेरिए पनि जनताको जीवनस्तरमा आमूल परिवर्तन नल्याएको स्पष्ट पारे। लाखौं युवालाई रोजगारीको खोजीमा विदेश धकेलेर नेताहरूले कृषिप्रधान देशलाई “कुर्सी–प्रधान” बनाएको उनको आरोप छ।
त्यसैले, यो दुर्व्यवस्था अन्त्य गर्न र नयाँ पुस्ताको नेतृत्व स्थापनाका लागि Zen-Z आन्दोलनले सफल हुनु अपरिहार्य रहेको उनको धारणा छ।
क्यालिफोर्नियाबाट एक्यबद्धता
प्रत्यक्ष रूपमा नेपालमा उपस्थित हुन नसके पनि प्रिन्स युवराज कार्कीले मनैबाट शुभकामना दिँदै एक्यबद्धताको घोषणा गरेका छन्।
“म यो आन्दोलनसँग छुँ, यसको सफलताका लागि मेरो आत्मा, मेरो सोच, मेरो श्रम र मेरो शुभकामना सधैं रहनेछ। यो पुस्ताले मात्र देशलाई नयाँ दिशा दिन सक्छ।”
प्रिन्स युवराज कार्की : विदेशमा बसे पनि देशका लागि समर्पित
क्यालिफोर्नियामा सफल व्यवसायीका रूपमा स्थापित भए पनि, कार्की नेपाली समाजसेवामा निरन्तर सक्रिय छन्। संकटका घडीमा सहयोग, सामाजिक अभियानमा अगुवाइ, र नेपालको राष्ट्रिय हितका मुद्दामा उनको स्पष्ट आवाजले उनलाई प्रवासी नेपाली युवामध्ये एक सशक्त र प्रेरणादायी व्यक्तित्वको रूपमा चिनाएको छ।
निष्कर्ष
क्यालिफोर्नियाबाट आएको यो सशक्त आवाज केवल एउटा स्टाटस मात्र होइन, देशभित्रको युवापुस्तालाई एकताबद्ध हुने आह्वान हो। प्रिन्स युवराज कार्कीले उठाएको चेतावनी र आशा दुवैले जनाउँछ—
अब समय आयिसकेको छ, कुर्सी–प्रधान देशलाई उत्पादन–प्रधान, स्वाभिमानी र सक्षम राष्ट्र बनाउन Zen-Z उठ्नैपर्छ।
#GenZ #ZenZMovement #NoCorruption #NoSocialMediaBan #YouthLeadership