अमेरिका, २६ अगस्ट २०२५ – गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय समिति (एनसीसी) अमेरिकाको २०२५–२०२७ कार्यकालका लागि अध्यक्ष पदमा उम्मेदवारी दिएका युवा व्यवसायी तथा प्रभावशाली नेता भानु खरेलले आफ्नो निर्वाचन अनुभवप्रति गहिरो आभार व्यक्त गर्नुभएको छ।
उहाँले सामाजिक सञ्जाल मार्फत जारी गरेको स्टाटसमा, भानु खरेलले आफ्ना समर्थक, स्वयंसेवी, शुभचिन्तक र टोलीका सदस्यप्रति धन्यवाद व्यक्त गर्नुभएको छ। उहाँले लेख्नुभएको छ कि चुनावको नतिजा अपेक्षाकृत फरक भए पनि, यो यात्रा उहाँका लागि मित्रता, अनुभव र जीवनका अमूल्य पाठले भरिपूर्ण रहेको छ।
भानु खरेलले विभिन्न राज्य र समुदायका मानिसहरूसँग भेटघाट गर्ने अवसर पाउनु आफैंमा प्रेरणादायी रहेको उल्लेख गर्दै, उनीहरूले देखाएको संघर्ष र दृढताले उहाँलाई गहिरो प्रभावित गरेको बताउनुभयो। उहाँले भन्नुभयो, “हरेक मत मेरो नेतृत्वमा तपाईंहरूको विश्वासको प्रतीक हो, र म त्यस विश्वासको सम्मान गर्दै तपाईंहरूको अधिकार र आकांक्षाका लागि निरन्तर संघर्ष जारी राख्नेछु।”
उहाँले आफ्नो अभियानमा प्राप्त समर्थन र सहयोगलाई जीवनभर सम्झने प्रतिवद्धता व्यक्त गर्दै, साझा लक्ष्य र समुदायको हितका लागि मिलेर काम गर्न सबैलाई आग्रह गर्नुभएको छ।
भानु खरेलको यो अभिव्यक्तिले स्पष्ट पार्दछ कि हारले नै नेतृत्वकर्ता र समाजसेवीलाई निराश पार्दैन, बरु नयाँ ऊर्जा, मित्रता र उद्देश्यको पुनराविष्कारको अवसर प्रदान गर्दछ।
भानु खरेल: युवा व्यवसायी, समाजसेवी, र एनआरएनएको सक्रिय नेता, जसले आफ्नो जीवन र कार्यद्वारा समुदायमा सकारात्मक प्रभाव छोड्दै आएका छन्।