गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी) थाइल्याण्डले आगामी ११ औं महाधिवेशन (३१ अगस्ट २०२५) लाई लक्षित गर्दै निर्वाचन समिति (निर्वाचन आयोग) घोषणा गरेको छ ।

संघको विधानअनुसार गठित यस स्वतन्त्र निर्वाचन समितिले महाधिवेशनअन्तर्गत हुने निर्वाचनलाई निष्पक्ष, पारदर्शी र विधानअनुरूप सम्पन्न गर्ने जिम्मेवारी लिएको छ ।
निर्वाचन समितिका पदाधिकारी यसप्रकार छन् :
- प्रमुख निर्वाचन/संयोजक : श्री अख्तर अली
- सदस्य : श्री विवेक शाही
- सदस्य : श्री शेखर खतिवडा
समितिले सम्पूर्ण पूर्वतयारीलाई अघि बढाउँदै, २०२५–२०२७ कार्यकालका लागि हुने निर्वाचनलाई तोकिएको मिति र समयमै सम्पन्न गर्ने दृढ प्रतिबद्धता जनाएको छ ।
यसैबीच, थाइल्याण्डस्थित एनआरएनए नेता दिनेश बुढाथोकीले निर्वाचन समितिको घोषणालाई स्वागत गर्दै भन्नुभयो :
“एनआरएनए एनसीसी–थाइल्याण्डले पारदर्शी र व्यवस्थित निर्वाचन प्रक्रिया अघि बढाएकोमा हामी सबैले गर्व गर्नुपर्छ । यो समितिले निष्पक्षतापूर्वक निर्वाचन सम्पन्न गरेर थाइल्याण्डमा रहेका नेपाली समुदायबीच लोकतान्त्रिक संस्कारलाई अझ सबल बनाउने विश्वास लिएको छु ।”
“नेपालीका लागि नेपालीद्वारा” भन्ने नारालाई आत्मसात् गर्दै, एनआरएनए एनसीसी–थाइल्याण्डले यस महाधिवेशनलाई समुदायको एकता, सहभागिता र जिम्मेवारीपूर्ण नेतृत्व चयनको अवसरका रूपमा अघि बढाउने तयारी गरेको छ ।