अल्डरसटमा “Heartfelt Gratitude Dine with Mr. Kulman Ghising: Meet & Greet” कार्यक्रम भव्य सफलता
अल्डरसट, १५ अगस्ट २०२५ – गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेको आयोजनामा सम्पन्न “Heartfelt Gratitude Dine with Mr. Kulman Ghising: Meet & Greet” कार्यक्रम ऐतिहासिक सफलताका साथ सम्पन्न भएको छ।

एनआरएनए युकेका अध्यक्ष प्रेम गाहा मगरले यस ऐतिहासिक कार्यक्रमलाई सफल बनाउन योगदान पु¥याउने सम्पूर्ण संस्था, समुदायका अग्रज नेता तथा शुभेच्छुकप्रति गहिरो कृतज्ञता व्यक्त गर्दै सामाजिक सञ्जालमार्फत विशेष आभार प्रकट गर्नुभएको छ। उहाँले भन्नुभयो, “यो कार्यक्रमले न केवल कुलमान घिसिङजस्तो प्रेरणादायी व्यक्तित्वलाई सम्मान गरेको छ, तर बेलायतस्थित नेपाली समुदायको एकता, शक्ति र गौरवलाई पनि उजागर गरेको छ।”

अल्डरसटमा आयोजित यस भव्य कार्यक्रममा विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई विशेष सम्मान गरिएको थियो। उहाँ नेपाली जनताका लागि मात्र नभई विश्वभरि रहेका नेपालीहरूका लागि आशा, प्रेरणा र ईमानदारीको प्रतिकका रूपमा प्रस्तुत हुनुहुन्छ।

एनआरएनए युकेका अध्यक्ष प्रेम गाहा मगर एक भीजनरी एनआरएनए नेता मात्र नभई बेलायतका शक्तिशाली व्यवसायी एवं प्रभावशाली समुदाय अभियन्ता पनि हुनुहुन्छ। उहाँको सक्रियता र दूरदृष्टिपूर्ण नेतृत्वमा आयोजित यस कार्यक्रमले नेपालको ऊर्जा क्षेत्रप्रतिको सम्मान र प्रवासी नेपालीबीचको सहकार्यलाई नयाँ उचाइमा पुर्याएको सहभागीहरूले बताएका छन्।

यस कार्यक्रममा बेलायतभरिका सामुदायिक संघ–संस्था, अग्रज तथा युवा पुस्ताका प्रतिनिधिहरू, ब्रिटिश गुरखा समुदायका व्यक्तित्वहरू र शुभेच्छुकहरूको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रमले नेपाल–बेलायत सम्बन्ध र गुरखाहरूको गौरवशाली इतिहासलाई समेत सम्मानित गरेको छ।

कार्यक्रमपछि अध्यक्ष गाहा मगरले भावुक हुँदै भन्नुभयो, “तपाईंहरूको उपस्थिति र योगदानले हाम्रो यात्रामा ऐतिहासिक माइलस्टोन कोरेको छ। हामी यसै प्रकारको एकताबद्धता र सहकार्यद्वारा आगामी दिनहरूमा पनि हाम्रो समुदाय र मातृभूमिको हितका लागि काम गर्दै जानेछौं।”
एनआरएनए युकेले यस भव्य उपलब्धिलाई आफ्नो मात्र नभई सम्पूर्ण नेपाली समुदायको साझा गौरवको रूपमा लिएको छ।