न्युयोर्क । गैर आवासीय नेपाली संघ (एनआरएनए) एनसीसी अमेरिका २०२५–२०२७ को नेतृत्व चयनको माहोल तात्दै गएको छ। विभिन्न उम्मेदवारहरूबीच प्रतिस्पर्धा तीव्र बन्दै गर्दा अध्यक्ष पदका दाबेदार सतेन्द्र शाह को जित्ने सम्भावना दिनप्रतिदिन बलियो हुँदै गएको देखिन्छ।
सतेन्द्र शाहले प्रस्तुत गरेको सकारात्मक परिवर्तनको एजेण्डा र स्पष्ट भिजनले एनआरएनए अमेरिकामा नयाँ अध्याय सुरु गर्ने संकेत दिएको छ। उहाँको सोच फराकिलो, दृष्टि दुरदर्शी र कार्यशैली परिणाममुखी भएकाले शाहलाई समुदायभित्र लोकप्रियता तीव्र गतिमा बढ्दै गएको बताइन्छ।
सिर्फ उम्मेदवार मात्रै नभई, शाहलाई “सम्पूर्ण नेपाली समुदायलाई संगठित गर्न सक्ने अभिभावक” को रूपमा लिइन थालेको देखिन्छ। नेपाल र अमेरिकामा बसोबास गर्ने नेपाली समुदायबीच पुलको भूमिका खेल्न सक्ने शाहको नेतृत्वमा एनआरएनए अमेरिका अझ सशक्त र प्रभावकारी बन्ने अपेक्षा गरिएको छ।
एनआरएनए भित्रका जानकारहरूका अनुसार शाहको चुनावी अभियानले युवादेखि वरिष्ठसम्मको व्यापक समर्थन बटुल्दै गएको छ। विभिन्न राज्यहरूमा गरिएको भेटघाट, छलफल र भिजन प्रेजेन्टेसनले शाहलाई बलियो विकल्पको रूपमा स्थापित गरेको छ।
समर्थकहरूको भनाइमा, “एनआरएनए अमेरिकाको अबको नेतृत्व सतेन्द्र शाहजस्तो व्यक्तित्वको हातमा हुनु समयको माग हो।”
चुनावी मैदानमा शाहको आत्मविश्वास, स्पष्ट कार्यक्रम र फराकिलो दृष्टिले गर्दा उहाँको जित्ने सम्भावना अझ प्रबल बन्दै गएको छ।