लेखक – एचबी ताम्राकार, सञ्चारकर्मी
अमेरिकाको चमकधमक र व्यस्त जीवनशैलीबीच पनि जसको मुटु अझै नेपालमै धड्किन्छ, जसको हृदयमा धर्म, संस्कृत र मानवीय सेवा बस्छ — उनी हुन् दिकपाल केसी।उनी विदेशमा बसेर पनि नेपाल र नेपालीताको माटो नबिर्सने, सच्चा देशभक्त र उदार समाजसेवीको प्रतिरूप हुन्।
दिकपाल केसी केवल एक नाम होइनन्, एउटा सोच — “अरूका लागि बाँच्ने” सोच।अमेरिकाको भूमिबाटै उनले नेपाली धर्म, संस्कृति, भाषा र संस्कारलाई उच्च प्राथमिकतामा राख्दै निरन्तर संरक्षण र प्रवर्द्धन गर्दै आएका छन्।उनी त्यस्ता व्यक्तित्व हुन्, जसको हातमा सहयोग छ, मनमा करुणा छ, र दृष्टिमा सधैं देश र समाजको भलाइ देखिन्छ।
देशभित्रका मठ–मन्दिर, विद्यालय, आश्रमदेखि लिएर उपचारका लागि आर्थिक अभावमा पीडित बिरामीहरूसम्म — जहाँ आवश्यकता छ, त्यहाँ दिकपल केसीको हात स्वतः पुग्छ।उनले धेरै मठ–मन्दिर र सामाजिक संस्थाहरूलाई निरन्तर दान सहयोग गर्दै आएका छन्।उनी साँचिकै “महान् मनका धनी व्यक्ति” हुन् — जसले अरूको पीडा आफ्नो बनाउँछन्, अनि निस्वार्थ रूपमा सहयोगको हात बढाउँछन्।
दिकपाल केसी “आवाजविहीनहरूको आवाज” हुन्।
उनले कहिल्यै प्रचार खोज्दैनन्, तर उनका कामहरूले नै उनलाई असली नायक बनाइदिएका छन्।उनी न देखावटी हुन्, न स्वार्थी; बरु, उनी त ती विरल व्यक्तिहरूमध्येका हुन् जसले समाजसेवामा आत्मसन्तोष पाउँछन्।
नेपाल बाहिर रहेर पनि जसरी उनी धर्म, संस्कृत र मानवताप्रतिको आस्था फैलाइरहेका छन्, त्यो एक उदाहरणीय योगदान हो।
विदेशमा भएर पनि देशलाई नबिर्सने, बरु देशका लागि अझ धेरै गर्ने — त्यही हो दिकपाल केसीको जीवन दर्शन।
दिकपाल केसी केवल समाजसेवी होइनन् — उनी मानवता, करुणा र देशप्रेमका मूर्त प्रतीक हुन्।नेपाललाई माया गर्ने, नेपाली संस्कृतिको सम्मान गर्ने र मानवताको सेवा गर्ने जोसमा उनले असंख्य अनुहारहरूमा हाँसो र आशा जगाएका छन्।
आज, संसारका कुनै कुनामा पनि नेपालीले जब “समाजसेवी” शब्द उच्चारण गर्छ, त्यहाँ दिकपाल केसीजस्तो नामहरू इतिहासमा सुनिनु स्वाभाविक छ।उनी एक प्रेरणा हुन् — एक उज्यालो, जो नेपाली समाजसेवाको आकाशमा चम्किरहेको छ।
दिकपाल केसी
केसी मुक्तिनाथ धाम मन्दिरको ट्रस्टी उपाध्यक्ष (Trustee Vice President) र सर्वाधिक सहयोगी (Highest Donor) पनि हुन् ।
त्यसैगरी, उनी नेपाली कम्युनिटी सेन्टर, रिचमण्ड (Richmond), क्यालिफोर्निया, अमेरिकाको पहिलो संरक्षक (1st Patron), उपदेशक (Adviser) तथा सर्वाधिक सहयोगी (Highest Donor) पनि हुन् ।