वाशिङ्टन डीसी — अमेरिकामा रहेका नेपालीहरूको सबैभन्दा ठूलो छाता संगठन गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको महिला उपाध्यक्ष पदमा उम्मेदवारी दिँदै सुनीता खत्री अगाडि आएकी छिन्। दुई दशकभन्दा बढी समयदेखि अमेरिकाको डीसी महानगर क्षेत्रमा बसोबास गर्दै आएकी उनी यहाँको नेपाली समुदायमा परिचित मात्र होइन, सक्रिय र परिणाममुखी समाजसेवीका रूपमा पहिचान स्थापित गरिसकेकी छिन्।
नेपालको त्रिभुवन विश्वविद्यालयबाट स्नातक अध्ययन पूरा गरेकी सुनीता अमेरिकामा आएपछि उच्च शिक्षा हासिल गर्दै आफ्नो पेशागत जीवनलाई पनि सुदृढ बनाइन्। बैंकिङ, पत्रकारिता, र रणनीतिक बजार व्यवस्थापनमा अनुभव बटुलेकी उनले हिमालयन बैंकमा समेत सेवा दिएकी थिइन्। अहिले उनी सफल उद्यमी मात्र नभई, विभिन्न सामाजिक र सामुदायिक अभियानमा अगुवाइ गर्ने व्यक्तित्वका रूपमा पहिचान राख्छिन्।
समुदायमा उनका योगदानहरूको दायरा फराकिलो छ — आर्थिक संकटमा परेका प्रवासी नेपालीदेखि आकस्मिक संकटमा फसिएका परिवारसम्म, उनी आर्थिक, कानुनी वा व्यक्तिगत सहयोगका लागि सधैं अगाडि सर्छिन्। उनी भन्छिन्, “समुदायका लागि काम गर्नु मेरो जीवनको मूल उद्देश्य हो।”
चुनावी अडान र प्रतिबद्धता
सुनीता खत्रीको चुनावी एजेन्डा स्पष्ट र कार्यान्वयनमुखी देखिन्छ—
- महिला हक र सशक्तिकरण — महिलाको आवाजलाई एनआरएनएका हरेक निर्णयमा समेट्ने, उद्यमशीलता र नेतृत्व विकासका तालिम सञ्चालन गर्ने, र आर्थिक सशक्तिकरणका कार्यक्रम ल्याउने।
- घरेलु हिंसाको रोकथाम — शिक्षा, कानुनी सहायता, ‘हेल्पलाइन’ सेवा, सुरक्षित आश्रय, र हिंसापीडित महिलालाई आत्मनिर्भर बनाउने सहयोग।
- नेपाली नागरिकताको निरन्तरता — प्रवासी नेपालीले आफ्नो नागरिकता जोगाउन सकून् भन्ने उद्देश्यले नेपाल सरकारसँग कानुनी तथा नीतिगत संवाद निरन्तर गर्ने।
- युवा र संस्कृतिको संरक्षण — अमेरिकामा हुर्केका नयाँ पुस्तालाई नेपाली भाषा, संस्कृतिसँग जोड्ने शैक्षिक र सांस्कृतिक कार्यक्रम सञ्चालन गर्ने।
- पारदर्शिता र जवाफदेहिता — एनआरएनएभित्र सबै काम पारदर्शी बनाउने, सदस्यका सुझावलाई प्राथमिकता दिने, र कार्यक्षमता प्रदर्शन गर्ने।
महिला नेतृत्वमा नयाँ आशा
उनको उम्मेदवारीले अमेरिकामा रहेका नेपाली महिलामाझ उत्साह र अपेक्षाको नयाँ लहर ल्याएको छ। सुनीता खत्री प्रवासी नेपाली महिलाको अधिकार, सुरक्षा, अवसर विस्तार र सांस्कृतिक पहिचानको संरक्षणमा दृढ संकल्पित छिन्।
समुदायले उनलाई एउटा सक्षम नेतृत्वका रूपमा हेरेको छ — जसले केवल वाचा गर्ने होइन, परिणाम देखाएर विश्वास जित्ने शैलीमा काम गर्ने प्रतिज्ञा गरिएकी छ।