विस्कन्सिन (यूएसए) – अमेरिकामा बसोबास गर्ने नेपाली समुदायकी सामाजिक अभियन्ता दुर्गा तिवारीले गैरआवासीय नेपाली संघ (NRNA) राष्ट्रिय समन्वय परिषद्, अमेरिका (NCC USA) को 2025-27 कार्यकालका लागि महिला उपाध्यक्ष (Women Vice President) पदमा आफ्नो उम्मेदवारी घोषणा गरेकी छन्।
सन् 2008 देखि संयुक्त राज्य अमेरिकाको विस्कन्सिन राज्यमा स्थायी बसोबास गर्दै आएकी तिवारी व्यवसायिक तथा सामाजिक क्षेत्रमा सक्रिय रही आएकी छन्। श्रीमानसँग मिलेर व्यवसाय सञ्चालन गर्दै आएकी उनले दुई छोराहरूलाई Software Engineerको रूपमा तथा एक छोरीलाई High School स्तरमा शिक्षारत गराइरहेकी छन्।
सामाजिक सेवाप्रति रुचि राख्दै उनले विगत केही वर्षदेखि NRNA NCC USA भित्र विभिन्न जिम्मेवारी सम्हालेकी छन्।
2021-23 कार्यकालमा – NRNA Wisconsin Chapter मा Women Coordinator
2023-25 कार्यकालमा – NRNA NCC USA को Board of Directors (Women)
गत कार्यकालमा उनले अमेरिकामा रहेका नेपालीहरूलाई रोजगारी खोज्न सहयोग पुर्याउने उद्देश्यले Job Search Link प्रोजेक्टको सफल डेमो AGM मा प्रस्तुत गरेकी थिइन्। समर्थन पाएमा आगामी कार्यकालमा यसलाई पूर्ण रूपमा कार्यान्वयन गर्ने उनको योजना छ।
महिला उपाध्यक्ष पदमा निर्वाचित भएमा उनले घरेलु हिंसा विरुद्ध अभियान, महिलालाई NRNA नेतृत्वमा ल्याउने पहल, र संस्थालाई स्वतन्त्र, समावेशी र पारदर्शी बनाउने तीन प्रमुख प्राथमिकता तय गरेकी छन्। घरेलु हिंसा रोकथामका लागि उनले “गोप्य सूचना संकलन युनिट” गठन गर्ने प्रस्ताव समेत अघि सारेकी छन्।
दुर्गा तिवारीले नेपाली डायस्पोराका महिलाहरूलाई एकताको सूत्रमा बाँध्दै हातेमालो गरेर अघि बढ्न सबैलाई आह्वान गरेकी छन्।