ईउलेस, टेक्सास – आगामी कार्यकाल (२०२५–२०२७) का लागि एनआरएनए एनसीसी अमेरिका अध्यक्ष पदका उम्मेदवार सतेन्द्र शाहले आफ्नो चुनावी अभियानको औपचारिक सुरुवात गर्दै ‘टिम सतेन्द्र’को विशेष कार्यक्रम आयोजना गरेका छन्।

कार्यक्रम यही अगस्ट १०, २०२५ आइतबार साँझ ५:०० देखि १०:०० बजे सम्म गोर्खा रेस्टुरेन्ट, 1060 N Main St #118, Euless, TX 76039 मा हुने भएको छ।
सतेन्द्र शाहले यस कार्यक्रममा सहभागी भई आफ्नो दृष्टि, योजना र आगामी कार्यकालमा गर्ने प्राथमिकताहरू प्रत्यक्ष सुन्न सम्पूर्ण समर्थक, शुभेच्छुक र समुदायका प्रतिनिधिहरूलाई हार्दिक निमन्त्रणा गरेका छन्। उनका अनुसार, यो अभियान “अमेरिकामा रहेका सम्पूर्ण नेपालीको साझा आवाजलाई संस्थागत रूपमा सबल बनाउने” उद्देश्यले अघि बढाइएको हो।
सतेन्द्र शाह हाल विभिन्न राज्यका समुदायसँग भेटघाट गर्दै समर्थन जुटाउने क्रममा छन्। उनले पारदर्शिता, जनमुखी नेतृत्व र संस्थाको सबलीकरणलाई आफ्नो मुख्य एजेन्डा बनाएका छन्।
अध्यक्ष पदका उम्मेदवार शाहले अमेरिकी नेपाली समुदायलाई एकताबद्ध बनाएर एनआरएनएलाई अझ प्रभावकारी बनाउन आफ्नो प्रतिबद्धता दोहोर्याएका छन्।
📞 सम्पर्क: (347) 738-7190