काठमाडौं, २०८२ साउन २१ – सामाजिक अभियान्ता तथा समाजसेवी तबरेज आलमको जन्मदिन राजधानीको प्रतिष्ठित स्थान रोयल इम्पायर, बालुवाटारमा भव्य रुपमा सम्पन्न भएको छ। कार्यक्रम एक उत्सवमय वातावरणमा आयोजित भएको थियो, जहाँ विभिन्न राजनीतिक दलका शीर्ष नेताहरु, सामाजिक व्यक्तित्वहरू तथा पत्रकारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा नेपाल सरकारका वन तथा वातावरण मन्त्री एन बहादुर शाही सहभागी हुनु भयो। साथै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री कुन्ती शाही, नेपाली कांग्रेसका प्रभावशाली युवा नेता पुष्प कुमार शाही, तथा नेपाल प्रहरीका पूर्व एआईजीपी रण बहादुर चन्द र युवा पत्रकार एचबी ताम्राकारले पनि आलमको सामाजिक सेवाप्रतिको प्रतिबद्धता र योगदानको प्रशंसा गर्दै शुभकामना व्यक्त गरे।

जन्मदिनको अवसरमा विविध सांस्कृतिक कार्यक्रम, शुभकामना मन्तव्य, तथा केक काट्ने कार्यक्रम आयोजना गरिएको थियो। नेताहरुले तबरेज आलमको युवा जोश, समाजप्रतिको सेवाभाव, तथा समावेशी दृष्टिकोणको उच्च प्रशंसा गरेका थिए। विशेष गरेर, आलमले पछिल्लो दशकमा शिक्षा, स्वास्थ्य र मानव अधिकारको क्षेत्रमा गरेका योगदानलाई उपस्थित सबैले सकारात्मक रूपमा स्मरण गरेका थिए।
Screenshot
कार्यक्रममा राजनीतिक, सामाजिक र सञ्चार क्षेत्रमा क्रियाशील थुप्रै प्रतिष्ठित व्यक्तिहरुको उपस्थिति थियो। उनीहरूले सामाजिक रुपान्तरणका लागि निरन्तर लागिरहेका आलमको भोलिको यात्रा अझ सफल होस् भन्ने शुभकामना व्यक्त गरे।
तबरेज आलमले कार्यक्रममा सम्बोधन गर्दै आफूले समाजको हरेक वर्गको हितका लागि काम गर्न अझ थप प्रेरणा प्राप्त गरेको बताउँदै, आगामी दिनहरूमा सामाजिक न्याय, युवा सशक्तिकरण, र मानव अधिकारका विषयमा थप योजनासहित अघि बढ्ने संकल्प व्यक्त गरे।उक्त कार्यक्रमले आलमको सामाजिक कार्यलाई अझ व्यापक बनाउने विश्वास गरिएको छ।