वासिङ्टन डिसी, अमेरिका – गैरआवासीय नेपाली संघ (NRNA) राष्ट्रिय समन्वय परिषद् अमेरिका (NCC USA) को आगामी कार्यकाल (२०२५–२०२७) का लागि लिजबर्ग, भर्जिनियामा बसोबास गर्दै आएकी समाजसेवी तथा व्यवसायी सुनीता खत्रीले केन्द्रीय महिला उपाध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गरेकी छन्।खत्रीले दशकोंदेखि नेपाली प्रवासी समुदायमा पुर्याउँदै आएको योगदान, सामाजिक सेवा र संस्थागत नेतृत्वको अनुभवका आधारमा नेतृत्वमा सहभागी हुने निर्णय लिएको बताइएको छ।
झण्डै २७ वर्षदेखि अमेरिकामा स्थायी रूपमा बसोबास गर्दै आएकी खत्रीले व्यवसाय प्रशासनमा अध्ययन गरेकी हुन्। उनी हाल एक सफल व्यवसायी हुनुका साथै समाजसेवामा निरन्तर सक्रिय छिन्। अमेरिकाको व्यस्त जीवनशैलीका बीच पनि उनले सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै नेपाली समुदायका लागि निरन्तर कार्य गरिरहेकी छन्।
एनआरएनए NCC USA को महिला कोर्डिनेटरको जिम्मेवारी सम्हालिसकेकी खत्री अहिले केन्द्रीय नेतृत्वमा उक्लने तयारीमा छिन्। एनआरएन अभियानमा उनको लामो सहभागिता, कार्यान्वयनमा सक्रियता, रणनीतिक साझेदारी तथा समन्वय क्षमताले उनलाई केन्द्रीय महिला उपाध्यक्ष पदका लागि योग्य उम्मेदवारका रूपमा स्थापित गरेको छ।
कोरोना महामारीको कठिन समयमा खत्रीले लिजबर्ग, भर्जिनिया क्षेत्रमा नेपाली समुदायका लागि मास्क, स्यानिटाइजर तथा खाद्यान्न वितरण गर्दै अग्रपंक्तिमा सेवा गरेकी थिइन्। उनले देखाएको तत्परता र नेतृत्व क्षमताले समुदायभित्र उनको सामाजिक छविलाई थप बलियो बनाएको थियो।सुनीता खत्री विभिन्न सामाजिक र सांस्कृतिक संघसंस्थामा प्रभावकारी भूमिकामा संलग्न रहिएकी छन्:
- Hami Nepali Global USA – केन्द्रीय उपाध्यक्ष
- Nepali American Community Center (NACC) – संस्थापक सदस्य एवं महिला विभाग प्रमुख
- Everest FCU America – संस्थापक सदस्य
- International Nepali Literary Society (INLS), DC – उपाध्यक्ष तथा आजीवन ट्रस्टी
- United Nepali Association (UNA) – पूर्व महिला संयोजक
- America Nepal Helping Society (ANHS) – आजीवन सदस्य
यी संस्थामार्फत उनले प्रवासी नेपाली समुदायका समस्या, आवश्यकता र सम्भावनाहरूप्रति सम्बोधन गर्दै सामाजिक विकासमा योगदान पुर्याउँदै आएकी छन्।खत्री खोज पत्रकारिता, अभिव्यक्तिको स्वतन्त्रता तथा पीडितहरूको आवाजको पक्षमा उभिइरहने व्यक्ति हुन्। त्यस्तै, साहित्य, योग, ध्यान तथा स्वस्थ जीवनशैलीप्रति उनी विशेष अभिरुचि राख्छिन्। मानसिक शान्ति र शारीरिक सन्तुलन कायम राख्दै व्यस्त जीवनशैलीमा पनि आत्मिक विकासका पक्षमा सक्रिय रहँदै आएकी छन्।
अमेरिकामा रहे पनि सुनीता खत्रीको मन सधैं नेपालसँग जोडिएको छ। आपत्–विपत्तिमा परेका नेपालीहरूलाई सहयोग पुर्याउन उनी सधैं तत्पर रहन्छिन्। अमेरिका आएका नयाँ विद्यार्थी, कठिनाइमा परेका कामदार, वा नेपालबाट आएका अतिथिहरूलाई सहायता, परामर्श र सहजीकरण गर्ने कार्यमा उनले अग्रणी भूमिका निर्वाह गर्दै आएकी छन्।नेपालबाट अमेरिका भ्रमणमा आएका दर्जनौं साहित्यकार, कलाकार, समाजसेवी तथा राजनीतिज्ञहरूको सम्मान कार्यक्रममा समेत उनको सक्रिय सहभागिता रहँदै आएको छ।
नेपाली महिलाको हक, अधिकार र नेतृत्व क्षमताको विकासमा खत्रीको उल्लेखनीय भूमिका रहिआएको छ। एनआरएनए महिला कोर्डिनेटरको भूमिकामा उनले महिलामाझ सञ्जाल निर्माण, सीप विकास, नेतृत्व तालिम तथा मनोपरामर्श कार्यक्रमहरू सञ्चालन गरेकी छन्।उनको भनाइ छ – “नेतृत्वमा महिलाको उपस्थिति र प्रभावकारी भूमिका सुनिश्चित नगरी समावेशी समाज निर्माण सम्भव छैन।”
सुनीता खत्रीको उम्मेदवारी केवल एक पदका लागि प्रतिस्पर्धा मात्र होइन, यो प्रवासी नेपाली महिलाको आत्मविश्वास, सहभागिता र नेतृत्वको प्रतिनिधित्व हो। उनको अनुभव, दृष्टिकोण, समर्पण र संस्थागत समझदारीले एनआरएनए NCC USA को आगामी कार्यकालमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ।नेपाली प्रवासी समाजको समृद्धि, समावेशीता र सेवा भावनामा आधारित नेतृत्वका लागि खत्रीको उम्मेदवारी एक सशक्त विकल्पका रूपमा प्रस्तुत भएको छ।