“समावेशी, उत्तरदायी र सशक्त नेतृत्वका लागि…”
न्युयोर्क, साउन २० — गैरआवासीय नेपाली संघ (NRNA) राष्ट्रिय समन्वय परिषद्, अमेरिका (NCC USA) को २०२५–२०२७ कार्यकालका लागि अध्यक्ष पदमा सतेन्द्र शाहले उम्मेदवारी घोषणा गरेका छन्। संस्थाप्रतिको गहिरो निष्ठा, समुदायप्रतिको उत्तरदायित्व र सामाजिक योगदानका अनुभवलाई आधार मानेर उनले यो निर्णय लिएका हुन्।उनी आगामी अगस्ट १६–१७ मा हुन गइरहेको निर्वाचनका लागि आधिकारिक रूपमा उम्मेदवारी दर्ता गरिसकेका छन्।उक्त दर्ता प्रक्रियामा उनका नोमिनेटर डा. बरुण शाह र सपोर्टर डा. रुबिना शाह रहेको जानकारी उनले सार्वजनिक रूपमा दिएका छन्।

“समुदाय, संस्थासँगको सम्बन्ध मेरो आत्मिक प्रतिबद्धता हो”
उम्मेदवारी घोषणा गर्दै सतेन्द्र शाहले सामाजिक सञ्जालमार्फत एक भावनात्मक सन्देश पनि दिएका छन्:“सल्लाह, सुझाव र प्रेरणा दिने सम्पूर्ण अग्रज, साथीहरू, युवाहरू र समुदायका शुभेच्छुकहरूप्रति आभार व्यक्त गर्दै जानकारी गराउन चाहन्छु कि मैले एनआरएनए एनसीसी अमेरिका अध्यक्ष पदमा उम्मेदवारी दर्ता गरेको छु।
यो केवल पदका लागि होइन,
एनआरएनएलाई अझ उत्तरदायी, समावेशी र प्रभावकारी बनाउने संकल्पका लागि हो।”शाहले आफू अध्यक्ष पदको प्रत्यासी मात्र नभई संस्थागत मूल्य, पारदर्शिता, समावेशी नेतृत्व र कार्यगत परिणामका लागि दृढ इच्छाशक्ति बोकेको उम्मेदवार भएको स्पष्ट पारेका छन्।
नेतृत्वको नयाँ सोच – साझा प्रयास, साझा भविष्य
सतेन्द्र शाहले आफ्नो उम्मेदवारी कुनै व्यक्तिगत प्रतिष्ठाका लागि नभई संस्थालाई दीर्घकालीन रुपमा सबल बनाउने यात्राको हिस्सा भन्दै यसरी प्रतिबद्धता जनाएका छन्: “हामी सबैको साझा प्रयासबाट
एनआरएनएलाई अझ उत्तरदायी, समावेशी र प्रभावकारी संस्था बनाउन सकिन्छ भन्ने गहिरो विश्वास लिएको छु।”
उनको दृष्टिकोण स्पष्ट छ — अध्यक्ष पदमा पुगेर संस्थालाई केवल सन्चालन गर्ने होइन, त्यसलाई प्रवासी नेपालीहरूको हकहित, समावेशी विकास र अन्तर्राष्ट्रिय स्तरमा पहिचान दिलाउने संस्थाको रूपमा रूपान्तरण गर्ने।
समाजसेवाबाट नेतृत्वतर्फ – शाहको यात्रा
सतेन्द्र शाह लामो समयदेखि सामाजिक, पेशागत र संस्थागत गतिविधिमा सक्रिय व्यक्ति हुन्। अमेरिकी भूमिमा बसेर पनि नेपालप्रतिको माया, समुदायप्रतिको समर्पण र एनआरएन अभियानमा निरन्तर योगदान दिँदै आएका शाहले अघिल्ला वर्षहरूमा पनि विविध सामाजिक तथा संस्थागत भूमिकामा जिम्मेवारी वहन गरिसकेका छन्।
उनी नेतृत्वमा इमानदारी, विवेक र संकल्प बोकेर अघि बढ्ने दुर्लभ उदाहरण मानिन्छन्। विशेषगरी पारिवारिक मूल्य, पेशागत शालीनता र सामुदायिक भावना मिसिएको नेतृत्व शैली शाहको विशेषता हो।
समावेशी नेतृत्वका निम्ति सशक्त उम्मेदवार
एनआरएनए जस्तो संस्थाको अध्यक्ष पदमा अनुभव मात्र होइन, दृष्टिकोण र मूल्य–मान्यता बोकेको नेतृत्व आवश्यक पर्छ। सतेन्द्र शाहको उम्मेदवारी यसै परिप्रेक्ष्यमा सशक्त र सार्थक मानिएको छ।
उनले प्रवासी नेपालीहरूको भविष्यसँग जोडिएको संस्थालाई राजनीतिक प्रभावबाट टाढा राखेर, मूल मर्म र उद्देश्यमा आधारित नेतृत्व दिनसक्ने क्षमताको झल्को उम्मेदवारी घोषणासँगै दिएका छन्।