न्युयोर्क, अमेरिका – साउन १९—गैरआवासीय नेपाली संघ (NRNA) राष्ट्रिय समन्वय परिषद्, अमेरिका (NCC USA) को आसन्न निर्वाचन (2025–2027 कार्यकाल) का लागि महेन्द्र बस्नेतले कोषाध्यक्ष (Treasurer) पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। आगामी अगस्ट १६ र १७ मा हुने निर्वाचनका लागि उनले आधिकारिक रूपमा उम्मेदवारी दर्ता गराइसकेका छन्।
उनी हाल2023-2025 कार्यकालमा मध्यपस्चिम क्षेत्रको क्षेत्रीय संयोजक भएर काम गरिसकेका छन् र आफ्नो कार्यकालमा संगठनको आर्थिक प्रणालीमा पारदर्शिता, उत्तरदायित्व र दीर्घकालीन सुधार ल्याएको दाबी गर्छन्। नयाँ कार्यकालमा संस्थालाई अझ सुदृढ र उत्तरदायी बनाउने लक्ष्यसहित पुनः उम्मेदवारी दिएको उनले बताए।
“सङ्गठन सुदृढीकरण र आर्थिक पारदर्शिताको प्रतिबद्धता”
महेन्द्र बस्नेतले सामाजिक सञ्जालमार्फत सम्पूर्ण अमेरिका निवासी आमाबुबा, दिदीबहिनी तथा दाजुभाइहरूलाई सम्वोधन गर्दै लेखेका छन्:“सम्पूर्ण अमेरिका निवासी NRN प्रेमी आमाबुबा, दिदीबहिनी तथा दाजुभाइहरूमा नमस्कार।मैले 2023–2025 कार्यकालमा तपाईहरूले दिनुभएको जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गरेको छु।अब संस्था अझ मजबुत बनाउने उद्देश्यसहित 2025–2027 कार्यकालको लागि कोषाध्यक्ष पदमा उम्मेदवारी दिएको छु।तपाईंहरूको अमूल्य मत, सल्लाह र सुझावको अपेक्षा गरेको छु।”
उनले संगठनको आर्थिक पक्ष व्यवस्थापन, बजेट अनुशासन, सम्पत्ति सुरक्षण, र परियोजनाको पारदर्शी वित्तीय ट्र्याकिङ प्रणालीलाई आगामी कार्यकालमा अझ व्यवस्थित बनाउने लक्ष्य लिएका छन्। साथै, सदस्यहरूको आर्थिक सहभागिता र विश्वास बढाउनेतर्फ पनि विशेष ध्यान केन्द्रित गर्ने बताए।
अहिलेसम्मको योगदान: विश्वासको जग
पछिल्लो कार्यकालमा महेन्द्र बस्नेतको कोषाध्यक्षको भूमिकामा देखिएको सक्रियता, आर्थिक विवरण सार्वजनिक गर्ने अभ्यास, समयमै रिपोर्टिङ, र सशक्त लेखापरिक्षण प्रणालीले संगठनभित्र एक नयाँ संस्कारको सुरुआत भएको धेरैले मानेका छन्।
उनले बजेट निर्माणदेखि खर्चको निगरानीसम्म, कार्यक्रमको वित्तीय लेखाजोखा पारदर्शी बनाउन खेलेको भूमिका संस्थाभित्र सराहना योग्य ठहरिएको छ। विशेष गरी, NRNA USA जस्तो ठूला सदस्यसंख्या भएको संस्थामा कोषाध्यक्षको भूमिका केवल वित्तीय व्यवस्थापन मात्र होइन, नेतृत्वको मेरुदण्डसमेत हो भन्ने कुरा उनले व्यवहारमा देखाएका छन्।
सन्तुलित, समर्पित र सक्षम उम्मेदवार
सामाजिक सेवा, संस्थागत अनुभव र पेशागत दक्षता – यी तीनै गुणले महेन्द्र बस्नेतलाई आगामी कार्यकालका लागि अत्यन्तै उपयुक्त उम्मेदवार बनाएको छ। उनले संस्थाको मूल उद्देश्य – प्रवासी नेपालीहरूको हक, हित र आवाजलाई संरक्षण गर्ने – मा आफू दृढ रहेको बताए।
मतदातासँग अपिल
महेन्द्र बस्नेतले समस्त अमेरिका निवासी नेपाली समुदायसँग यस्तो भावुक अपिल गरेका छन्:“सङ्गठनलाई अझ सुदृढ बनाउने हाम्रो साझा सपना हो।यो सपना पुरा गर्न म तपाईहरूको अमूल्य मत र सुझावको अपेक्षा राख्दछु।सधैंझैं साथ, विश्वास र सल्लाह दिनुहोला।
कोषाध्यक्ष पदमा म महेन्द्र बस्नेत, तपाईंको सेवा गर्न तत्पर छु।”