क्यालिफोर्निया, अमेरिका —विश्वभरका सनातन धर्मावलम्बीहरूको श्रद्धाकी केन्द्र, आध्यात्मिक गुरुआमा माता राधिका दासीले अमेरिकाको विभिन्न राज्यहरूमा सम्पन्न ऐतिहासिक प्रवचन तथा सत्सङ कार्यक्रमहरूलाई सफलतापूर्वक समापन गरी हाल युनाइटेड किङ्गडम (UK) प्रस्थान गरेकी छन्।
उक्त आध्यात्मिक भ्रमणमा माता राधिका दासीलाई प्राप्त सम्मान, सत्कार र भक्तजनहरूको सहभागिताले अमेरिकाको धार्मिक इतिहासमै एउटा नव आयाम थपेको युवा व्यवसायी एवं समाजसेवी प्रिन्स युवराज कार्कीले बताएका छन्।
अभूतपूर्व सम्मान, प्राइभेट चार्टर प्लेन र फूलको वर्षा
अमेरिकाको क्यालिफोर्नियामा माता राधिका दासीको आगमनका अवसरमा प्राइभेट चार्टर प्लेनबाट स्वागत गरिनुका साथै फूलको वर्षासहित भव्य सम्मान कार्यक्रम सम्पन्न भयो।
यस्तो प्रकारको ऐतिहासिक सत्कार हालसम्म संसारका कुनै पनि धर्मगुरुले अमेरिकामा नपाएको कुरा प्रिन्स युवराज कार्कीको स्टाटसमा उल्लेख गरिएको छ।
ओहायो राज्यमा ३५ हजार भक्तजनहरूको उपस्थितिः अर्को कीर्तिमान
ओहायो राज्यमा आयोजित प्रवचन तथा सत्सङ कार्यक्रममा ३५,००० भन्दा बढी भक्तजनहरूको उल्लासपूर्ण उपस्थिति रहेको थियो।
धार्मिक अनुशासन, भक्ति भाव, र आध्यात्मिक ऊर्जा संगालेर सम्पन्न भएको उक्त कार्यक्रममा स्थानियहरूले नै भनेका छन् —
“यस्तो ऐतिहासिक सहभागिता यहाँको धार्मिक इतिहासमै पहिलोपटक देखिएको हो।”
भारत वा विश्वका कुनै पनि धर्मगुरुले नबनाएको कीर्तिमान
यद्यपि माता राधिका दासीको अमेरिका यात्रा छोटो रह्यो, तथापि यसले हालसम्म भारतका महानतम धर्मगुरुहरूले पनि कायम गर्न नसकेको उपस्थिति र प्रभाव स्थापित गरेको बताइन्छ।
विदेशी भूमिमा उनले प्राप्त गरेको भक्ति, श्रद्धा र सम्मानका दृश्यहरूले अन्य धर्मगुरुहरूलाई पनि ‘केहि गरौं’ भन्ने प्रेरणा प्रदान गरेको उल्लेख गरिएको छ।
प्रिन्स युवराज कार्कीको भावुक स्टाटसले सम्पूर्ण धर्मप्रेमीहरूलाई छोयो
क्यालिफोर्नियामा स्थायी रूपमा बस्दै आएका, होटेल व्यवसायी तथा समाजसेवी प्रिन्स युवराज कार्कीले आफ्नो फेसबुक स्टाटसमार्फत माता राधिका दासीको भ्रमणलाई ऐतिहासिक र प्रेरणादायी भनेका छन्।
उनले सामाजिक संजालमा लेखेका छन् —“अमेरिकामा माता राधिका दाशीजीलाई प्राप्त सत्कार संसारका कुनै पनि धर्मगुरुका लागि उदाहरणीय बनोस्। यो इतिहास हो, जुन विदेशमा बसेका भक्तजनहरूको समर्पणले सम्भव भएको हो।”
उनको यो भावुक स्टाटसलाई धेरैले धार्मिक चेतना, समर्पण र विश्वासको प्रतिबिम्ब भन्दै प्रशंसा गरेका छन्।
राधिका फाउन्डेसनको योगदान
Radhika Foundation मार्फत गरिएको प्रवचन कार्यक्रम, व्यवस्थापन र प्रचार–प्रसारले माता राधिका दासीको अमेरिका भ्रमणलाई व्यवस्थित, भव्य र ऐतिहासिक बनाएको हो। कार्यक्रमहरूमा Prima Nepal, Prince Vlog Aniel R Pandey, र अन्य सामाजिक अभियन्ताहरूको भूमिका पनि उल्लेखनीय रहेको थियो।
माता राधिका दासीको भ्रमणले अमेरिकी समाजमा सनातन धर्मप्रतिको श्रद्धा र सम्मानलाई नयाँ उचाइमा पु¥याएको छ। युवा व्यवसायी प्रिन्स युवराज कार्कीजस्ता कर्मशील र धर्मनिष्ठ व्यक्तित्वहरूको संलग्नता तथा उत्साहले यस्तो अध्यात्मिक जागरण सम्भव भएको हो।
– धर्म, समाज र प्रेरणाका लागि समर्पित रिपोर्ट