टोकियो, जापान — गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद जापानको २०२५–२०२७ कार्यकालका लागि सम्पन्न निर्वाचनबाट सुभाष लामिछानेको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको छ। संघका सबै पदाधिकारी, सदस्यहरू तथा आईसीसी प्रतिनिधिहरूलाई देश-विदेशबाट बधाई तथा शुभकामनाको ओहिरो नै छ।
संघका अन्तर्राष्ट्रिय समन्वय परिषद (आईसीसी) अध्यक्ष महेश कुमार श्रेष्ठले नवनिर्वाचित टिमलाई बधाई दिँदै एनआरएनएको वृहत एकताको सन्देश दिएका छन्। उनले सामाजिक सञ्जालमा लेखेका छन्:
“गैरआवासीय नेपाली संघ जापानको २०२५–२०२७ कार्यकालका लागि सम्पन्न निर्वाचनबाट निर्वाचित अध्यक्ष सुभाष लामिछानेज्यू, सम्पूर्ण कार्यसमिति सदस्यहरू, तथा आईसीसी सदस्यज्यूहरूलाई हार्दिक बधाई। अबको कार्यकालमा संगठनात्मक सुदृढीकरण, सम्पूर्ण नेपाली समुदायलाई समेट्ने साझा अभियान र ‘सशक्त एनआरएनए, समृद्ध नेपाल’को लक्ष्य प्राप्तिको दिशामा सम्पूर्ण टिमले सामूहिक योगदान दिनुहुने विश्वास लिएको छु। एनआरएनएलाई अझै सशक्त बनाउन हामी सबै एक हौं।”
नवनिर्वाचित पदाधिकारीहरूको नामावली
- अध्यक्ष: सुभाष लामिछाने
- वरिष्ठ उपाध्यक्ष: टिकाराम खरेल
- उपाध्यक्षहरू: मुक्तिराम खनाल, दिलिप कँडेल, दिपक सुनार
- क्षेत्रीय उपाध्यक्ष: विष्णुप्रसाद सुवेदी (विश्व)
- महिला उपाध्यक्ष: अञ्जु भण्डारी
- महासचिव: श्यामकुमार श्रेष्ठ (श्याम शीतल)
- सचिवहरू: नेत्रप्रसाद पाण्डे, विष्णुप्रसाद सापकोटा
- क्षेत्रीय सचिव: सागर कार्की
- महिला सचिव: ललिता तामाङ
- कोषाध्यक्ष: मुक्तिराज रेग्मी
- सह-कोषाध्यक्ष: रामु कँडेल
- क्षेत्रीय सह-कोषाध्यक्ष: सन्दीप जिसी
- महिला सह-कोषाध्यक्ष: कामना भण्डारी
- युवा संयोजक: दिपक बुर्जा मगर
- महिला संयोजक: मञ्जु बन
सदस्यहरू:
मिलन अर्याल, कमलेश जीसी, नवीन दीप गुरुंग, रमेश राज जैसी, निराजन मल्ल, कृष्णप्रसाद भूसाल, भीमबहादुर बुढ़ाथोकी, सुरेश सापकोटा, प्रकाश विश्वकर्मा, ईश्वरी अर्याल (महिला), सन्तोषी अधिकारी (महिला)
निर्वाचित आईसीसी सदस्यहरू:
शिवहरि पौडेल, यदुराम सापकोटा, राजकुमार अधिकारी, सुमन कार्की, कृष्ण केसी, टिकाराम कँडेल, रामबहादुर खत्री, रामबहादुर थापा
नेपाली समुदायको ठूलो अपेक्षा
एनआरएनए जापान विश्वभर रहेका नेपालीहरूको एक प्रमुख संंस्था हो जसले जापानमा रहेका नेपालीहरूका अधिकार, सम्मान र हितका लागि निरन्तर काम गर्दै आएको छ। हालैको निर्वाचन प्रक्रियालाई व्यापक चासोका साथ हेरिएको थियो र नयाँ नेतृत्वसँग नेपाली समुदायले सशक्त, समावेशी र पारदर्शी नेतृत्वको अपेक्षा गरेको छ।
यसै सन्दर्भमा अध्यक्ष सुभाष लामिछानेले आफ्नो प्रारम्भिक प्रतिक्रिया दिँदै भनेका छन्, “यो मेरो लागि मात्र होइन, सम्पूर्ण एनआरएनए जापान परिवारका लागि ऐतिहासिक जिम्मेवारी हो। सबैको साथ र समर्थनले मात्रै हामीले साझा सपना पुरा गर्न सक्छौं। एकता, समावेशिता र पारदर्शिता हाम्रो मूल मन्त्र हुनेछ।”
एकता र समर्पणले मात्रै संघ बलियो हुन्छ
आईसीसी अध्यक्ष महेश कुमार श्रेष्ठले एकपटक पुनः दोहोर्याउँदै संघभित्रको सबैभन्दा ठूलो प्राथमिकता ‘एकता’ भएको बताएका छन्। उनका अनुसार, “विचार भिन्न हुन सक्छ, तर उद्देश्य एउटै — समृद्ध नेपाल र सशक्त प्रवासी नेपाली समाज। त्यसका लागि सबैलाई समेट्ने, सुन्ने र साथमा अघि बढ्ने नेतृत्व नै सफल नेतृत्व हो।”