हङकङ, जुलाई २२ — गैर-आवासीय नेपाली संघ (NRNA) राष्ट्रिय समन्वय परिषद्, हङकङको १०औं अधिवेशन आइतवार इन्डिया क्लबमा भव्य र गरिमामय वातावरणमा सम्पन्न भएको छ। कार्यक्रममा प्रमुख अतिथिका रूपमा उपस्थित हुनुभएका हङकङ–मकाउका लागि नेपाली महावाणिज्यदूत श्री डा. विन्देश्वर प्रसाद लेखक र वाणिज्यदूत श्री सतीश गुरूड॰ ज्यूलाई आयोजकले विशेष धन्यवाद ज्ञापन गरेका छन्।
अधिवेशनलाई सफलतापूर्वक सम्पन्न गराउन निर्णायक मण्डलका सदस्यहरू, विशेषगरी दिनरात खटिएर सुपरिवेक्षकको भूमिका निर्वाह गर्नुभएकी अन्तर्राष्ट्रिय समन्वय परिषद्की सचिव आदरणीय राधिका गुरुङ (टिका) ज्यूको समर्पणको प्रशंसा गर्दै उपाध्यक्ष कविता गुरूड॰ले हार्दिक आभार प्रकट गरेकी छन्।
कार्यक्रममा हङकङका विभिन्न संघसंस्थाका अध्यक्षहरू, NRNA HK का संरक्षक तथा सल्लाहकारहरू, तमु ट्हो हुयला परिवार, क्वोने, घोताने (घोन्डे) परिवार, मर्दी खोला परिवार, माछापुच्छ्रे घाचोक हड॰कड़॰ परिवार लगायतका समुदायहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
उपाध्यक्ष गुरूड॰ले कार्यक्रममा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग गर्ने सम्पूर्ण हङकङवासी नेपाली समुदाय, सामाजिक सञ्जालमार्फत शुभकामना पठाउने शुभेच्छुकहरू, सञ्चारकर्मीहरू तथा साथीहरूलाई समर्पित भावनाका साथ धन्यवाद दिएकी छन्।
“तपाईंहरूको अमूल्य समय, साथ, समर्थन र आशीर्वादले यो अधिवेशन सफल बनाउन सकियो,” भन्दै उनले आगामी दिनहरूमा पनि समुदायको साथ र सहयोगको अपेक्षा राखेकी छन्।
गैर-आवासीय नेपाली संघ, हङकङको यो १०औं अधिवेशनले प्रवासी नेपालीहरूको एकता, समर्पण र साझा भावनाको प्रतिविम्ब प्रस्तुत गरेको छ।