टोकियो, जापान –गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको २०२५–२०२७ कार्यकालका लागि सम्पन्न निर्वाचन प्रक्रियामा लेखा समितिको संयोजक पदमा श्री सचिन श्रेष्ठ निर्विरोध निर्वाचित हुनु भएको छ। निर्वाचन प्रक्रियामा अन्य प्रतिस्पर्धीले उम्मेदवारी नदिएपछि श्रेष्ठ निर्विरोध निर्वाचित हुनु भएको हो।
यो उपलब्धिले जापानस्थित नेपाली समुदायमा उहाँप्रतिको विश्वास, पारदर्शिता र लेखाप्रति उहाँको दिगो प्रतिबद्धताको सशक्त सन्देश दिएको छ। विगतमा समेत समावेशी नेतृत्व, संस्थागत अनुशासन र वित्तीय स्वच्छता विषयमा उहाले देखाउँदै आएको भूमिका यस पदका लागि सशक्त योग्यता बनेको हो।
सचिन श्रेष्ठज्यूको यस निर्वाचित उपलब्धिप्रति संपूर्ण एनआरएनए परिवार, प्रवासी नेपाली समुदाय, शुभेच्छुक तथा सामाजिक अभियन्ताहरूले हार्दिक बधाई एवं सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।
बधाई सन्देशहरूमा उल्लेख गरिएको छ:
“लेखाको संयोजन केवल अंकहरूको हिसाब होइन, यो विश्वास, पारदर्शिता र जवाफदेहिताको सुदृढीकरण हो। सचिन श्रेष्ठज्यूको निर्विरोध चयन नेपाली समुदायको विश्वासको प्रमाण हो।”
उहाँले आफ्नो संक्षिप्त प्रतिक्रिया दिंदै भन्नु भयो:
“म यो जिम्मेवारीलाई पारदर्शिता, निष्ठा र परिणाममुखी व्यवस्थापनका साथ निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्दछु। संस्थागत लेखा प्रणालीमा नवप्रवर्तन र स्पष्ट पारदर्शिता कायम राख्न मेरो प्रयत्न रहनेछ।”
सचिन श्रेष्ठज्यू एनआरएनए जापानमा लामो समयदेखि सक्रिय रही विभिन्न दायित्व निर्वाह गरिसक्नुभएको छ। उहाँको संयोजनमा लेखा प्रणाली अझ बढी व्यवस्थित, समावेशी र विश्वासिलो हुने विश्वास गरिएको छ।
यस सफल यात्राको सुरुवातप्रति सम्पूर्ण नेपाली समाजबाट हार्दिक शुभकामना!