ड्यालस, अमेरिका — लामो समयदेखि पत्रकारिता र स्वतन्त्र चलचित्र निर्माणको क्षेत्रमा सक्रिय रहँदै आएका बरिष्ठ पत्रकार तथा चलचित्रकर्मी अरुणदेव जोशीलाई नेपाल अमेरिका पत्रकार संघ (नेजा) द्वारा ड्यालसमा एक भव्य कार्यक्रमका बीच स्वागत गरिएको छ।

नेजाको आयोजनामा सम्पन्न स्वागत कार्यक्रममा प्रवासी नेपाली सञ्चारकर्मी, कलाकार, समाजसेवी तथा स्थानीय समुदायका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा जोशीको योगदानलाई उच्च सम्मानका साथ स्मरण गर्दै, नेपाली सञ्चार क्षेत्र र सांस्कृतिक अभिव्यक्तिमा उनले पु¥याएको योगदानलाई सविनय प्रशंसा गरिएको थियो।

स्वागत मन्तव्यको क्रममा नेजा अध्यक्षले जोशीको दीर्घकालीन समर्पण, निष्पक्ष पत्रकारिता र स्वतन्त्र सिनेमा निर्माणको माध्यमबाट समाज परिवर्तनको सन्देश प्रवाह गर्ने प्रयासलाई उदाहरणीय बताए। उनले भने, “जोशीजस्तो समर्पित व्यक्तित्वको अनुभव र उपस्थितिले अमेरिकामा रहेका हामी नेपाली सञ्चारकर्मीहरूलाई थप ऊर्जा र प्रेरणा मिलेको छ।”
कार्यक्रममा जोशीले आफूप्रति देखाइएको सम्मान र मायाप्रति आभार प्रकट गर्दै भने, “म सधैं लेखन, क्यामेरा र समाजप्रति उत्तरदायी दृष्टिकोण बोकेर अगाडि बढिरहेको छु। प्रवासमा रहेका नेपालीहरूबाट पाएको सम्मान मेरो लागि थप प्रेरणा बनेको छ।”
जोशीले पछिल्लो समय नेपाली समाजका विविध विषयवस्तु समेटेर बनाएका वृत्तचित्रहरू र स्वतन्त्र चलचित्रले जनचेतना अभिवृद्धिमा उल्लेखनीय प्रभाव पारेका छन्। साथै, उनले नेपालभित्र र बाहिरका सामाजिक यथार्थहरूलाई कलात्मक शैलीमा प्रस्तुत गर्दै आएका छन्।
कार्यक्रममा विभिन्न सांस्कृतिक प्रस्तुति, सम्मानपत्र हस्तान्तरण तथा अन्तरक्रियात्मक सत्रहरू पनि समावेश गरिएको थियो।नेजाले यस्ता कार्यक्रमहरू प्रवासी नेपाली पत्रकार र स्रष्टाबीच आपसी संवाद र सहकार्यलाई प्रवर्द्धन गर्ने उद्देश्यले गर्दै आएको बताइएको छ।
बरिष्ठ पत्रकार जोशीको स्वागतसँगै ड्यालसको नेपाली समुदायमा थप उत्साह र सृजनात्मक उर्जा सञ्चार भएको सहभागीहरूको धारणा छ।