काठमाडौं, २८ असार — गैरआवासीय नेपाली संघ (एनआरएनए) का प्रभावशाली नेता, सफल व्यवसायी तथा अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) का उपाध्यक्ष रोविन शेरचनको जन्मदिनको अवसरमा एनआरएनए नेतृत्व तथा विश्वभर रहेका नेपाली समुदायबाट शुभकामनाको ओइरो लागेको छ।
एनआरएनएका अर्का लोकप्रिय र उदयीमान नेता प्रविण गुरुङले सामाजिक सञ्जालमार्फत् जन्मदिनको शुभकामना दिँदै रोविन शेरचनलाई “डायमण्ड हार्ट भएका सामाजिक नेता, सफल व्यवसायी, एनआरएनएका उदाउँदा तारा र सम्मानित व्यक्तित्व” भन्दै प्रशंसा गरेका छन्। गुरुङले लेखेका छन्, “Respected Robin Serchan daju… wish you a millions & billions of happy born day… God bless you…” भन्दै उनको सामाजिक, नेतृत्व र मानवीय भावनाको खुलेर प्रशंसा गरेका छन्।
त्यसैगरी एनआरएनएका उपाध्यक्ष मनोज कुमार श्रेष्ठ ‘गोर्खाली’ले पनि जन्मदिनको अवसरमा हार्दिक शुभकामना व्यक्त गरेका छन्। श्रेष्ठले सामाजिक सेवामा रोविन शेरचनको योगदान प्रशंसायोग्य भएको उल्लेख गर्दै उनको आगामी दिन अझ सफल र प्रेरणादायी रहोस् भन्ने कामना गरेका छन्।
शेरचन एनआरएनएमा गत केन्द्रीय कार्यकालदेखि सक्रिय छन् र हाल उपाध्यक्षको हैसियतमा संघको नीति निर्माणदेखि प्रवासी नेपाली समुदायका हितमा थुप्रै कार्यक्रमहरूमा नेतृत्व दिइरहेका छन्। व्यवसायिक रूपमा समेत सफल शेरचन सामाजिक उत्तरदायित्वप्रति गहिरो समर्पण भएका एक कुशल योजनाकार, नेताको रूपमा चिनिन्छन्।
जन्मदिनको अवसरमा विभिन्न देशमा रहेका एनआरएनए प्रतिनिधिहरू, सामाजिक अभियन्ता, व्यवसायी तथा शुभेच्छुकहरूले समेत उनलाई सामाजिक सञ्जालमार्फत शुभकामना दिइरहेका छन्।
नेतृत्व, सेवाभाव र सादगीपनको सम्मिश्रण भएका रोविन शेरचनको व्यक्तित्वले नयाँ पुस्तालाई समेत प्रेरणा दिँदै आएको छ। जन्मदिनको यस अवसरमा सम्पूर्ण शुभेच्छुकहरूको तर्फबाट उहाँको दीर्घायू, सुस्वास्थ्य र निरन्तर सफलताको कामना गरिएको छ।