बे एरिया, अमेरिका — अमेरिकी भूमिमा धार्मिक तथा आध्यात्मिक चेतनाको एक अनुपम लहर फैलिदैछ। यही जुलाई २६, २७ र २८ मा बे एरियाको मुक्तिनाथ धाम, मातृभूमि नेपाल मन्दिरमा भागवत मंजरी राधिका दासी (माता) को मुखारविन्दुबाट सत्संग प्रवचन कार्यक्रम आयोजना हुँदैछ।
यस पवित्र धार्मिक कार्यक्रमको आयोजनामा Motherland Nepal संस्थाले अगुवाइ गरेको छ भने कार्यक्रम सफल बनाउन अग्रणी भूमिका निभाइरहेका छन् अमेरिका निवासी प्रसिद्ध समाजसेवी तथा व्यवसायी प्रिन्स युवराज कार्की र अनिल पाण्डेय।

राधिका दासी (माता) हिन्दू धर्ममा गहिरो आध्यात्मिक दृष्टिकोण लिएर संसारभर सत्संग र भक्ति अभियान फैलाउँदै आइरहेकी एक लोकप्रिय भजन प्रवक्ती हुन्। अब पहिलोपटक अमेरिका पुगेर उहाँले मुक्तिनाथ धाम मन्दिरको पवित्र मञ्चबाट प्रवचन दिन लागेकी छिन्।
📍
कार्यक्रम विवरण:
- मिति: जुलाई २६, २७, २८ (Friday-Sunday)
- स्थान: मुक्तिनाथ धाम मन्दिर, मातृभूमि नेपाल
- मुख्य प्रवक्ता: राधिका दासी (माता)
- सम्पर्क:
📞 USA: अनिल पाण्डेय (+1 510-457-8991)
📞 Nepal: +977-9841424995
विशेष निमन्त्रणाः
बे एरियाबासी सम्पूर्ण नेपाली आमाबुवा, दाजुभाइ, दिदीबहिनीहरुलाई चुलो निम्तो सहित स-सम्मान आमन्त्रण गरिएको छ। धर्म, संस्कार र आध्यात्मिक अनुभूति संग जोडिने यो अनुपम अवसरमा सबैको सहभागीता आत्मिक आनन्दको बाटो बन्नेछ।
प्रिन्स युवराज कार्की र अनिल पाण्डेय — धर्म र सेवामा समर्पित जीवन
प्रिन्स युवराज कार्की, एक प्रेरणादायक युवा व्यवसायी तथा समाजसेवी हुन्। अमेरिका स्थित Silicon Valley को Everest Cuisine, Kafal Restaurant, Rich Kitchen, Everest Digital Online Solution, र Om Laxmi Real Estate Group जस्ता सफल व्यवसायका सञ्चालक उनी अमेरिका र नेपाली समुदायबीच सेतु जस्तै भएर उभिएका छन्।
उनीसँग मिलेर कार्यरत अर्का समाजसेवी श्री अनिल पाण्डेय पनि अमेरिकी नेपाली समुदायमा अत्यन्त लोकप्रिय नाम हुन्। उनीहरु धार्मिक भावना, आध्यात्मिक विश्वास, र परोपकारमा विशेष रुचि राख्ने व्यक्तित्व हुन्।
हलिउड, बलिउड र कलिउडका कलाकारहरू समेत उनका रेस्टुरेन्टहरूमा पुगेर स्वाद चाखिसकेका छन्।
स्वर्गीय आनन्दको आमन्त्रण
राधिका दासीको प्रवचन सुनेर धेरैले आत्मिक शान्ति, मार्गदर्शन र आध्यात्मिक उन्नति अनुभव गरेका छन्। अब यही अद्भुत अनुभवलाई प्रत्यक्षरूपमा अमेरिका बस्ने नेपालीहरूले पनि प्रत्यक्ष रूपमा अनुभव गर्न पाउनेछन्।
धर्मको जरो जोगाउँदै, संस्कृतिलाई समर्पण गर्दै, समाजमा सकारात्मक ऊर्जा भरिदिने उद्देश्यले आयोजना गरिएको यो कार्यक्रमले बे एरिया नेपाली समाजमा ऐतिहासिक प्रभाव पार्ने विश्वास गरिएको छ।
जय श्रीराम! 🌺 राधे राधे!