टोकियो, जापान – जापानमा सक्रिय सामाजिक अभियन्ता तथा नेपाल मगर संघ जापानका पूर्व अध्यक्ष दीपक बुर्जा मगर (Deeps Magar) ले गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् जापान (NRNA NCC Japan) को २०२५–२०२७ कार्यकालका लागि युवा संयोजक पदमा औपचारिक उम्मेदवारी घोषणा गरेका छन्।

“भ्रम होइन, तथ्यलाई आत्मसाथ गर्ने सकारात्मक सोच” र “समाज रूपान्तरणका लागि युवाको खोज” भन्ने मूल नारासहित चुनावी मैदानमा उत्रिएका मगरले आफ्नो उम्मेदवारी युवाको भूमिका र क्षमता माथि पूर्ण विश्वासका साथ दर्ता गरेका हुन्। विगत लामो समयदेखि जापानमा रहँदै आएका उनी सामाजिक काममा क्रियाशील रहँदै आएको परिचित नाम हुन्।
उहाँले उम्मेदवारीको घोषणासँगै सम्पूर्ण एनआरएनए जापानका पञ्जीकृत सदस्यहरू, शुभेच्छुक तथा जापानवासी नेपाली आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरू समक्ष हार्दिक अपिल गर्दै भनेका छन्, “अबको नेतृत्व युवाले लिनुपर्छ। समावेशी, पारदर्शी र जिम्मेवार नेतृत्व निर्माण गर्दै संस्था र समाजको रूपान्तरण गर्ने दृढ इच्छाशक्ति बोकेको उम्मेदवारको रुपमा म तपाईहरू समक्ष उभिएको छु।”
दीपक मगरको उम्मेदवारीले युवावर्गमा उत्साह थपेको छ भने, उनका समर्थकहरूले उहाँलाई योग्य, इमानदार र समाजप्रति समर्पित उम्मेदवारको रूपमा प्रस्तुत गरिरहेका छन्।
एनआरएनए जापानको १२औं राष्ट्रिय महाधिवेशन नजिकिँदै गर्दा उम्मेदवारहरूको घोषणा तिव्र बन्दै गएको छ। दीपक बुर्जा मगरको उम्मेदवारीले युवापंक्तिमा नेतृत्व परिवर्तन र नयाँ सोचको आशा पलाएको छ।
दीपक बुर्जा मगर (Deeps Magar)
युवा संयोजक पदका उम्मेदवार
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद, जापान
कार्यकाल: २०२५–२०२७