टोक्यो, जापान – जुलाई ४, २०२५—गैरआवासीय नेपाली संघ (NRNA) जापानको आगामी कार्यकाल (२०२५–२०२७) का लागि अध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय गरेका सिद्धार्थ श्रेष्ठले आगामी जुलाई १२ (शनिबार) का दिन उम्मेदवारी घोषणा सभा आयोजना गर्न लागेका छन्।

श्रेष्ठले २०१५ देखि एनआरएनए जापानसँग निरन्तर आबद्ध रहँदै सल्लाहकार, प्रवक्ता, महासचिव हुँदै हाल उपाध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका छन्। आफ्नो लामो संस्थागत अनुभवलाई आधार बनाउँदै उनले संगठनलाई अझ पारदर्शी, समावेशी र उत्तरदायी बनाउने लक्ष्यसहित अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्न लागेको जनाएका छन्।
श्रेष्ठले जारी गरेको निमन्त्रणामा भनिएको छ, “यस लामो संस्थागत यात्रामा तपाईंहरू सबैको निरन्तर सहयोग, मार्गदर्शन र आत्मीय साथप्रति म हृदयदेखि आभारी छु।”
उनले थप भनेका छन्, “संगठनलाई समावेशी र उत्तरदायी नेतृत्व प्रदान गर्ने उद्देश्यले मैले अध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय गरेको छु र यही सन्दर्भमा तपाईंको गरिमामय उपस्थिति अपेक्षित छ।”
उम्मेदवारी घोषणा सभा निम्न मितिमा हुनेछ:
📅 मिति: २०२५ जुलाई १२ (शनिबार)
⏰ समय: दिउँसो ३:०० बजे (१५:०० JST)
📍 स्थान: Solmari Hall, Shin-Okubo, Tokyo
श्रेष्ठले सबै जापानवासी नेपालीहरूलाई कार्यक्रममा उपस्थित भई आफ्नो उम्मेदवारीलाई समर्थन गर्न हार्दिक निमन्त्रणा गरेका छन्।