टोकियो, जापान—गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी) जापानद्वारा सञ्चालित ऐतिहासिक “ड्रिम प्रोजेक्ट” अन्तर्गत निर्माणाधीन एकीकृत नेपाली घर : बहुसांस्कृतिक केन्द्र अभियानमा Red Bud Travels Japan का CEO नारायण रिमालले ५५ हजार जापानी येन आर्थिक सहयोग गरेका छन्।
“नेपाली घर हाम्रो साझा सपना हो” भन्ने मूल नारासहित अगाडि बढाइएको यस परियोजना जापानमा रहेका लाखौं नेपालीहरूको सांस्कृतिक पहिचान संरक्षण तथा सामाजिक गतिविधिको सशक्त आधार निर्माण गर्ने दिशामा महत्त्वपूर्ण पहल मानिएको छ।
रिमालले सहयोग रकम हस्तान्तरण गर्दै भने, “प्रवासमा बसे पनि मातृभूमि र आफ्नो समुदायप्रतिको कर्तव्य बिर्सनु हुन्न। यो परियोजना केवल एउटा भवन निर्माण होइन, यो हाम्रो अस्तित्व, पहिचान र भावी पुस्ताको भविष्यसँग जोडिएको छ। मेरो सानो योगदानले अरूलाई पनि प्रेरणा मिलोस् भन्ने आशा छ।”
परियोजनाको उद्देश्य:
- नेपाली भाषा, संस्कृति, कला र परम्पराको संरक्षण
- सामाजिक तथा सामुदायिक कार्यक्रमहरू संचालनको साझा केन्द्र
- एनआरएन अभियानलाई संस्थागत र दीगो बनाउने आधार
सहयोग गर्न चाहनेका लागि लिंक:
https://fundrise.nrnanccjapan.com
एनआरएनए जापानले यस अभियानमा सबै नेपालीहरूलाई सहभागिता जनाउन आह्वान गर्दै आएको छ। नारायण रिमालजस्ता अग्रगामी सोच भएका व्यवसायी तथा समाजसेवीहरूको सहयोगले अभियान थप गतिशील बन्ने विश्वास गरिएको छ।
एनआरएनए जापानको नेतृत्वमा अगाडि बढिरहेको यो बहुउद्देश्यीय केन्द्रले जापानस्थित नेपालीहरूबीचको आपसी एकता, सहकार्य र सांस्कृतिक गौरवलाई संस्थागत रूपमा बलियो बनाउने अपेक्षा गरिएको छ।
सम्पर्कका लागि:
गैर आवासीय नेपाली संघ, एनसीसी जापान
https://fundrise.nrnanccjapan.com