काठमाडौं —देशका विभिन्न सामाजिक–धार्मिक मुद्दाहरूमा मौन रहँदै आएको मुस्लिम आयोग र कतिपय मुस्लिम नेताहरूलाई लक्षित गर्दै स्वतन्त्र युवा नेता एवं समाजसेवी तबरेज आलमले कडा सन्देश दिएका छन्।उनले स्पष्ट शब्दमा भनेका छन् —“यो समय जनताको भावना बुझ्ने हो, धर्मको नाममा राजनीतिक जाल बुन्ने होइन!”
“जनतालाई ढाल बनाएर आफ्नो हैसियत बनाउने जमाना सकियो”
तबरेज आलमले मुस्लिम समाजका नेताहरू र आयोगहरूलाई चेतावनी दिँदै भने —“हामी अब प्रयोग हुने मुस्लिम होइनौं, अधिकारका लागि बोल्ने, अन्यायको विरोध गर्ने स्वतन्त्र मुस्लिम पुस्ता हौं। जनता अब मुख दर्शक होइन, निर्णयक शक्ति हुन्।”उनले थपे —“धर्मको नाममा खेलिने राजनीतिले न त मुस्लिम समुदायलाई माथि उठाएको छ, न त हाम्रो पीडा सम्बोधन भएको छ।”
“राजनीति होइन, उत्तरदायित्व देउ!” — आयोगप्रति तिखो प्रश्न
तबरेज आलमले मुस्लिम आयोगलाई लक्ष्य गर्दै सोधे —“आयोग के केवल सत्तासीन दलको अंग बन्नका लागि हो? जब मुस्लिम समाज पीडित हुन्छ, अन्याय सहन्छ, तब आयोगको आवाज किन आउँदैन?”उनले आयोगलाई सुझाव दिए —“यदि आयोग वास्तवमै मुस्लिम समाजको प्रतिनिधि हो भने बोल, देख, र सुन — अन्यथा यसको औचित्य समाप्त गर।”
“मुस्लिम युवा जागिसके, अब मौनता सहिन्न”
तबरेज आलमले नयाँ पुस्तालाई सचेत गराउँदै भने —“हाम्रो पुस्ताले धर्मलाई राजनीति होइन, मानवता र समानताको माध्यम बनाउने छ। जहाँ अन्याय हुन्छ, हामी त्यहाँ विरोधका स्वर गुञ्जाउनेछौं — चाहे त्यो पीडित मुस्लिम होस् या गैरमुस्लिम।”
“हामी हिन्दु, मुस्लिम, इसाई, बौद्ध सबै नेपाली हौं”
साझा राष्ट्रको भावना अघि सार्दै आलमले अन्त्यमा भने —“मुलुक धर्मका नाममा होइन, सद्भाव र समानताका आधारमा अघि बढ्नुपर्छ। म मुस्लिम हुँ, तर मेरो पहिचान राष्ट्रप्रेमी नेपाली पनि हो। हामी सबैले यो देशको सेवा गर्नुपर्छ, टुक्र्याउने नहीं।”
जनताको आवाजमा बोलेका तबरेज, मौन नेताहरूमाथि चोटिला प्रश्न
तबरेज आलमको यो वक्तव्यले अहिले मौन रहेका मुस्लिम नेताहरूको जमिन हल्लाइदिएको छ।उनको आवाज स्पष्ट छ —“अबको मुस्लिम पुस्ता न राजनीतिमा खेलिने मोहरा हो, न मौन रहने गुलाम। हामी स्वतन्त्र छौं, सचेत छौं र समाजका लागि आवाज उठाउन तयार छौं।”