दैनिक जसो सहकारीको विश्वास घट्दै गइरहेको बेला साना किसान कृषि सहकारी संस्था लि. का अभियनता, राष्ट्रिय सहकारी महासङ्घका उपाध्यक्ष, नेपाल कृषि केन्द्रीय सङ्घ र साना किसान विकास लघुवित्त वित्तीय संस्था लि .का अध्यक्ष देशका सबै साना किसान कृषि सहकारी संस्था लि. हरूमा संस्थागत सुशासन निर्माण गर्न र सहकारीको दिगोपना स्थापित गर्नका लागि देशव्यापी रूपमा आम प्रशिक्षण कार्यक्रममा सहभागी भइरहेका छन्।नेपालको सहकारी अभियानमा देशव्यापी रूपमा सञ्चालन भइरहेको ” साना किसानको समृद्धि कृषिको रूपान्तरण र उद्यमशीलताको विकास” भन्ने मूल नाराका साथ २०८२ जेष्ठ ३ र ४ गते बाँके ,बर्दिया जिल्लामा सम्पन्न गरे सँगै देशव्यापी रूपमा सबै जिल्लाका जिल्लाका साझेदार साना किसान कृषि सहकारी संस्था ली .का सबै सञ्चालक ,लेखा सुपरिवेक्षण समिति र कर्मचारीहरूका लागि आयोजित आम प्रशिक्षण कार्यक्रममा ८५० जना भन्दा बढी सञ्चालक, लेखा सुप्रिवेक्षण समिति र कर्मचारीहरूका बीचमा नेपालगञ्ज, बाँके खजुरा स्थित होटेल पौवामा सम्पन्न भएको छ।

आयोजित कार्यक्रम नेपाल कृषि सहकारी केन्द्रीय सङ्घ र साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. शाखा कार्यालय नेपालगञ्जको आयोजनामा सञ्चालन भएको थियो। आयोजित आम ५ घण्टाको लगातारको प्रशिक्षणमा हाल नेपालमा देखिएका केही व्यक्तिगत नातागत रूपमा खोलिएका सहकारीहरूको कुशासनका कारण साना किसान कृषि सहकारीहरूलाई समेत प्रभाव परिरहेको हुँदा यसलाई थप नैतिकता र नीतिगत सुधारका मार्फतबाट समुन्नत सहकारी निर्माण गरी उद्यमशीलताको विकासमा जोड दिनुपर्नेमा प्रशिक्षण गरिएको थियो ।

सहकारी संस्थाका सञ्चालक लेखा सुपरिवेक्षण समिति र कर्मचारीहरूलाई आफ्नो जिम्मेवारी प्रतिको सो उत्तरदायित्व बोध गर्न पर्ने,
सहकारीमा रहेका किसानहरूलाई सदस्य केन्द्रित सेवा दिन पर्ने,
समयको मागसँगै सबै सहकारीहरूलाई डिजिटल प्रविधि सँग सहकारीलाई जोड्नैपर्ने , सहकारी भित्र रहेको नीतिगत र कानुनी नियमको परिपालना अक्षरस:गर्न पर्ने, विपन्न किसान र सहकारी बीचको सम्बन्धलाई थप विस्तार गर्दै लानपर्ने, सहकारी सुदृढीकरणका मार्फत बाट सहकारीलाई दिगो भरपर्दो र विपन्न किसानलाई सहकारीमा जोडी सबैलाई समृद्धिको मार्गमा लैजानु सहकारीको धर्म रहेको कुरामा जोड दिएको थियो। समुन्नत सहकारीको निर्माण गर्ने सधैँ सञ्चालक लेखा र कर्मचारी जिम्मेवार हुन सके सहकारीको अभियान सफल हुने कुरामा जोड दिइएको थियो। लगातारको आम प्रशिक्षण कार्यक्रमका प्रमुख अतिथि तथा राष्ट्रिय सहकारी महासङ्घका उपाध्यक्ष, नेपाल कृषि सहकारी केन्द्रीय सङ्घ र साना किसान विकास लघुवित्त वित्तीय संस्था लि.का अध्यक्ष एवं सहकारी अभियनता खेम बहादुर पाठकले गर्नुभएको उक्त प्रशिक्षण कार्यक्रममा राष्ट्रिय सहकारी महासङ्घका सञ्चालक सदस्य एकता शाह, नेपाल कृषि सहकारी केन्द्रीय सङ्घका उपाध्यक्ष पूर्ण शर्मा, लुम्बिनी प्रदेश कृषि सङ्घका उपाध्यक्ष देवबहादुर ओली, साना किसान विकास लघुवित्त वित्तीय संस्था लि शाखा कार्यालय नेपालगञ्जका शाखा प्रबन्धक विशाल कुमार तुलाधर, सहकारी अभियनता तथा अष्टम साना किसान कृषि सहकारी संस्था लि. का मुख्य प्रबन्धक हरिशचन्द्र केसी र बाँके जिल्लाका सहकारी अभियनताहरूको सहभागिता सम्पन्न भएको थियो भने साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. शाखा कार्यालय नेपालगञ्जका शाखा प्रबन्धक विशालकुमार तुलाधरले बाँके जिल्लामा रहेका साना किसान कृषि सहकारी संस्था लि. को प्रगति प्रतिवेदन समेत प्रस्तुत गर्नु भएको थियो। बाँके जिल्लाभर साना किसान कृषि सहकारी संस्थालीमा आबद्ध शेयर सदस्य सङ्ख्या २१ हजार ८ सय ४२ , उद्यमी सङ्ख्या १२हजार ७३ , कुल व्यवसायमा गरेको लगानी २ अर्ब ९७ करोड ९८ लाख १० हजार ,बैंक तर्फको कर्जा रकम ७२ करोड ८० लाख ७९ र कुल आन्तरिक स्रोत २ अर्ब ४७ करोड ६५ लाख ४९ हजारको प्रगति प्रतिवेदन प्रस्तुत गरिएको थियो। कार्यक्रम सञ्चालन साना किसान विकास लघुवित्त वित्तीय संस्था लि.शाखा कार्यालय नेपालगञ्ज की वरिष्ठ सहायक लक्ष्मीकुमारी थापाले गर्नुभएको थियो।
