काठमाडौं, ३० वैशाख — राजधानीको मुटु ठमेलमा एक अत्याधुनिक पाँचतारे हेरिटेज लक्जरी होटल ‘आर्य होटल’ को भव्य उद्घाटन समारोह सम्पन्न भएको छ। सञ्चालक कृष्ण प्रसाद सिम्खडाको नेतृत्वमा निर्माण गरिएको यस होटलले नेपाली सांस्कृतिक सम्पदा र आधुनिक सुविधाको उत्कृष्ट समिश्रण प्रस्तुत गर्दै काठमाडौंको आतिथ्य क्षेत्रलाई नयाँ उचाइमा पुर्याएको छ।
उद्घाटन समारोहमा उपप्रधानमन्त्री प्रकाश मान सिंह, गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्व अध्यक्ष भवन भट्ट, वर्तमान अध्यक्ष महेश कुमार श्रेष्ठ, उपाध्यक्ष मनोज कुमार श्रेष्ठ (गोर्खाली), सह-कोषाध्यक्ष कृष्ण पोखरेल लगायतका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। उनीहरूले आर्य होटललाई नेपाली पर्यटन उद्योगको गौरवशाली उपलब्धि भन्दै शुभकामना व्यक्त गरे।
आर्य होटलको विशेषता यसको अद्वितीय संरचना र सेवामा निहित छ। ७२ भव्य कोठाहरू, जसमा २६ वटा कोठामा बाथटब सुविधा, सबै कोठामा ५५ इन्चको IP टिभी, मिनी बार, बाथरूम सुविधाहरू, र सुइट कोठाहरूमा एस्प्रेसो मेकर जस्ता सुविधाहरू उपलब्ध छन्। होटलको १२ औं तलामा रहेको पारदर्शी ग्लास प्लेटफर्ममा अवस्थित डाइनिङ क्षेत्रबाट ९ औं तलाको स्वीमिङ पूलको दृश्य अवलोकन गर्न सकिन्छ, जसले पाहुनाहरूलाई अनौठो र रोमाञ्चक अनुभव प्रदान गर्दछ।
सञ्चालक सिम्खडाले उद्घाटन समारोहमा भने, “आर्य होटल नेपाली आतिथ्य सेवाको नयाँ मानक हो। हामीले परम्परागत नेपाली वास्तुकलालाई आधुनिक सुविधासँग समायोजन गर्दै अतिथिहरूलाई अविस्मरणीय अनुभव प्रदान गर्ने लक्ष्य राखेका छौं।”
उपस्थित अतिथिहरूले आर्य होटललाई नेपाली पर्यटन क्षेत्रको ‘गहना’ भन्दै प्रशंसा गरे। एनआरएनएका अध्यक्ष महेश कुमार श्रेष्ठले भने, “आर्य होटलले नेपाली संस्कृति र आधुनिकताको समिश्रण गर्दै अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्नेछ। यो सम्पूर्ण नेपालीहरूको गौरव हो।”
आर्य होटलको उद्घाटनले काठमाडौंको पर्यटन क्षेत्रमा नयाँ ऊर्जा थपेको छ। होटलले नेपाली सांस्कृतिक सम्पदा, परम्परा, र आधुनिक सेवाको समिश्रण गर्दै आगन्तुकहरूलाई अविस्मरणीय अनुभव प्रदान गर्ने विश्वास लिइएको छ।