एचबी ताम्राकार, काठमाडौं, १५ वैशाख —चन्द्रागिरी भालेश्वर मन्दिर — जहाँ बादलमाथि उभिएको पवित्र थलोले हजारौं भक्तजनलाई तानिरहेछ, त्यही दिव्य धरोहरको संरक्षण र सेवा कार्यमा समर्पित छन् एक अद्भुत व्यक्तित्व — बिदुर न्यौपाने।
धर्म, संस्कृति र मानवताको साक्षात मूर्तरुप बनेका बिदुर न्यौपानेले केवल पूजा अर्चना मात्र होइन, आस्थाको शुद्ध भावनाले मन्दिरलाई जीवन्त बनाइरहेका छन्। हिमपात, वर्षा, आँधी वा घाम — कुनै पनि मौसमले उनको धर्मसेवामा बाधा पु-याउन सकेको छैन। चन्द्रागिरीको हिउँले सेतो चादर ओढेको दिन पनि न्यौपाने गम्भीर साधनामा लीन थिए, जसले देखाउनेहरुलाई समेत अवाक् बनायो।
सादा जीवन र उच्च सोच बोकेका बिदुर न्यौपानेका हातबाट चन्द्रागिरीको प्रत्येक पूजापाठमा अद्भुत दिव्यता झल्किन्छ। भक्तजन भन्छन्,
“बिदुरज्यूको हातबाट पूजा ग्रहण गर्दा स्वर्गीय सुखको अनुभूति हुन्छ। उहाँ आफैँ भगवानको दूतजस्तै लाग्नुहुन्छ।”
सिर्जनशील र दूरदर्शी पुजारीका रूपमा परिचित बिदुर न्यौपानेले आधुनिक चञ्चलताबीच पनि सनातन धर्मका मुल्य र परम्परालाई जिवन्त राख्न अथक प्रयास गरिरहेका छन्। उनले मन्दिरमा आउने प्रत्येक भक्तजनलाई केवल विधिपूर्वक पूजा गराउनु मात्र होइन, धर्मको गहिरो मर्म समेत व्याख्या गरिदिन्छन्।
चन्द्रागिरीको आध्यात्मिक उज्यालो बिस्तार गर्न बिदुर न्यौपानेजस्तो धर्मसेवीको योगदान अतुलनीय छ।
उहाँको न्यानो मुस्कान, गम्भीर मन्त्रोच्चारण र समर्पित सेवा देखेर जो कोही पनि मन्त्रमुग्ध हुन्छ।
धार्मिक विद्वानहरू समेत खुलेर भन्छन्,
“नेपालमा अझै यस्ता सच्चा धर्मसेवक बाँचिरहेका छन् भन्ने उदाहरण बिदुर न्यौपाने हुनुहुन्छ। उहाँजस्ता व्यक्तित्वका कारण हाम्रो धर्म र संस्कृति निरन्तर उज्यालो बन्दै गएको छ।”
आधुनिकताले छोप्न थालेको युगमा, बिदुर न्यौपानेजस्ता निःस्वार्थ र समर्पित धर्मसेवीले नेपाली धर्म-संस्कारलाई सजीव राख्न गरेको यो प्रयास, साँच्चिकै एक ‘जीवन्त प्रेरणा’ हो।