राजेन्द्र ताम्राकार, काठमाडौं, १४ बैशाख —हाल काठमाडौं केन्द्रित रही विभिन्न शिक्षण संस्थाका शिक्षकहरूले चर्काएको ऐतिहासिक आन्दोलनले देशभर तरंग ल्याइरहेका बेला, घाइते भएकाहरूप्रति देखिएको मानवताको अनुपम उदाहरण प्रस्तुत गर्दै काठमाडौं मेडिकल कलेज (केएमसी), सिनामंगल ले विशिष्ट पहल गरेको छ।

नेपाली काग्रेसका प्रभावशाली नेता, केएमसीका सञ्चालक माननीय डा. सुनिल शर्माको निर्देशनमा, आन्दोलनमा घाइते भएका सम्पूर्ण व्यक्तिहरूको निःशुल्क उपचार गर्ने व्यवस्था गरिएको छ। केएमसीले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत कुनै पनि घाइतेलाई उपचार नपाएर दुख पाउन नदिने प्रतिबद्धता जाहेर गरेको छ।
प्रेस विज्ञप्तिमा केएमसीका प्रशासन प्रमुख नारायण प्रसाद दाहालले भनेका छन्, “आन्दोलनका क्रममा घाइते भएकाहरूको उपचारप्रति हाम्रो संस्थाको गम्भीर ध्यान गएको छ। तत्काल निःशुल्क उपचार सुविधा उपलब्ध गराउने निर्णय लिइएको छ।”
Screenshot
प्रेस विज्ञप्तिमा थप उल्लेख गरिएको छ कि उपचार गर्दा लाग्ने औषधि तथा औषधिजन्य सामग्री समेत सम्बन्धित व्यक्तिले आफैं व्यवस्था गर्नुपर्नेछ।
सम्पर्कका लागि केएमसीले ९८०२३३३१०८ र ९८०२३३३१३० नम्बरहरू उपलब्ध गराएको छ।
डा. सुनिल शर्माको नेतृत्वमा केएमसीले यस कदमबाट चिकित्सा सेवा क्षेत्रमा एउटा उच्च मानवीय आदर्श स्थापित गरेको छ। आन्दोलनको कठिन समयमा अस्पतालले देखाएको यस्तो दरिलो सामाजिक भावना देशका अन्य स्वास्थ्य संस्थाहरूका लागि समेत प्रेरणाको स्रोत बन्न सक्ने देखिएको छ।