एचबी ताम्राकार, काठमाडौं, वैशाख १३ –मातातीर्थ औंसी (आमाको मुख हेर्ने दिन) को अवसरमा नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्माले आमाको माया र योगदानप्रति श्रद्धा प्रकट गर्दै एक भावुक सन्देश सार्वजनिक गरेका छन्। उनले संस्कृत श्लोक उद्धृत गर्दै आमाको महत्त्वलाई उजागर गरेका छन्:
“नास्ति मातृसमा छाया, नास्ति मातृसमा गतिः।
नास्ति मातृसमं त्राणं, नास्ति मातृसमा प्रपा।।”
यसको अर्थ, “आमा समान कुनै छाया छैन, आमाको समान कुनै सहारा छैन। आमाको समान कुनै रक्षक छैन र आमा समान कुनै प्रिय छैन।”
डा. शर्माले यो सन्देशमार्फत संसारभरिका सबै आमाहरूलाई सम्मान, प्रेम र कृतज्ञता प्रकट गर्दै हार्दिक नमन गरेका छन्। उनले मातृभूमि र मातृमायाको सम्मानमा समर्पित यो दिनलाई विशेष महत्वका साथ मनाउन सबैलाई आग्रह गरेका छन्।
सांसद डा. सुनिल शर्मा मोरङ जिल्लाबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन्। स्वास्थ्य क्षेत्रमा लामो समयदेखि सक्रिय रहेका उनले नोबेल मेडिकल कलेज र काठमाडौं मेडिकल कलेज जस्ता प्रतिष्ठित स्वास्थ्य संस्थाहरूमा आफ्नो योगदान पुर्याएका छन्। सामाजिक सेवामा समेत सक्रिय रहेका डा. शर्मा विपन्न तथा असहाय नागरिकहरूलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्दै आएका छन्।