एचबी ताम्राकार, काठमाडौं, वैशाख १३ –जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीचको बहुप्रतीक्षित एकीकरण घोषणा कार्यक्रम नजिकिँदै गर्दा जनमत पार्टीले केन्द्रीय कार्यकारी समितिको बैठक तथा औपचारिक घोषणा कार्यक्रममा सबै केन्द्रीय सदस्य, नेता, कार्यकर्ता र शुभेच्छुकहरूलाई हार्दिक आमन्त्रण गरेको छ।

पार्टीले जारी गरेको सूचनाअनुसार:
१. केन्द्रीय कार्यकारी समितिको बैठक (अनिवार्य उपस्थिति)
- मिति र समय : २०८२/०१/२३ गते मंगलबार, साँझ ६:०० बजे
- स्थान : जनमत पार्टी कार्यालय, मध्यान्हगर, काठमाडौं
(साथै, नागरिकता र मतदाता परिचय-पत्र अनिवार्य साथमा ल्याउन अनुरोध गरिएको छ।)
२. एकीकरण घोषणा कार्यक्रम
- मिति र समय : २०८२/०१/२४ गते बुधबार, बिहान ११:०० बजे
- स्थान : नेपाल प्रज्ञा प्रतिष्ठानको हल, कमलादी, काठमाडौं
एकीकरण घोषणामा पार्टीका सबै केन्द्रीय सदस्य, राष्ट्रिय परिषद् सदस्य, प्रदेश समन्वय समिति सदस्य, भातृ तथा शुभेच्छुक संगठनका सदस्यहरू लगायत सम्पूर्ण नेता, कार्यकर्ता र शुभचिन्तकहरूलाई उपस्थितिका लागि विशेष आग्रह गरिएको छ।
सूचनामा जनमत पार्टीका केन्द्रीय प्रवक्ता डा. शरद सिंह यादवले हस्ताक्षर गरेका छन्।
पार्टी नेतृत्वले यो एकीकरणलाई नयाँ राजनीतिक वातावरण निर्माणतर्फको ऐतिहासिक कदमका रूपमा अर्थ्याएको छ।