हर्क बहादुर ताम्राकार(एचबी),काठमाडौं, वैशाख १३ –नेपाल विद्यार्थी संघ (नेविसंघ) ले समसामयिक शैक्षिक र विद्यार्थी आन्दोलनका विषयमा आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्न पत्रकार सम्मेलनको आयोजना गरेको छ।

त्रिभुवन विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय र सुदूरपश्चिम विश्वविद्यालयमा सम्पन्न स्ववियु निर्वाचन, शिक्षा ऐन कार्यान्वयनको मागसहित शिक्षक महासंघले सञ्चालन गरेको देशव्यापी शैक्षिक हड्ताल, त्रिभुवन विश्वविद्यालयका उपकुलपतिज्यूको राजिनामा, साथै नेपाल विद्यार्थी संघको आसन्न १२औं महाधिवेशन लगायतका विषयमा नेविसंघले आफ्नो आधिकारिक धारणा प्रस्तुत गर्ने जनाएको छ।
विद्यार्थी, आम सर्वसाधारण र सरोकारवालाहरूमाझ यथार्थपूर्ण सूचना प्रवाहका लागि आयोजना गरिएको पत्रकार सम्मेलन आज २०८२ साल वैशाख १४ गते, दिउँसो १२:३० बजे नेपाल विद्यार्थी संघ केन्द्रीय कार्यालय, अनामनगर, काठमाडौंमा सम्पन्न हुँदैछ।
नेविसंघले सबै सञ्चारकर्मीहरूलाई कार्यक्रममा उपस्थित भई समाचार सङ्कलन र सम्प्रेषण गर्न हार्दिक अनुरोध गरेको छ।
कार्यक्रममा नेविसंघका शीर्ष नेताहरूले समसामयिक विषयमा धारणा सार्वजनिक गर्नुका साथै आगामी रणनीतिक गतिविधिबारे पनि जानकारी गराउने बताइएको छ।