काठमाडौं, अनामनगर – नेपालको मिडिया जगतमा एउटा नयाँ सकारात्मक सुरुवात भएको छ। पूर्वप्रधानमन्त्री तथा वरिष्ठ नेता झलनाथ खनालको प्रमुख आतिथ्यतामा एसनेपाल न्यूज मिडियाको २०८१ सालको क्यालेन्डर सार्वजनिक गरिएको छ।
Screenshot
उक्त विशेष कार्यक्रममा एसनेपाल न्यूज मिडियाका अध्यक्ष एचबी ताम्राकारको उपस्थितिमा क्यालेन्डर विमोचन गरिएको हो। समारोहमा अध्यक्ष एचबी ताम्राकार स्वयम् पूर्वप्रधानमन्त्री खनालसँगै उभिएर क्यालेन्डर प्रदर्शन गर्दै मिडियाको नयाँ युगको संकेत गरेका थिए।
कार्यक्रम अनामनगरस्थित एसनेपाल न्यूज मिडियाको कार्यालयमै आयोजना गरिएको थियो। सार्वजनिक गरिएको क्यालेन्डरमा राष्ट्रिय चेतना, सामाजिक सन्देश, र नेपालको मौलिकता झल्किने दृश्य तथा सन्देश समावेश गरिएको छ।
“मिडियाले समाजलाई दिशानिर्देश दिन्छ। यस्ता सकारात्मक प्रयासहरूले नकारात्मक प्रवृत्तिलाई प्रतिस्थापन गर्दै समाजमा आशा र विश्वास फैलाउँछन्,” पूर्वप्रधानमन्त्री खनालले उद्घाटन समारोहमा सम्बोधन गर्दै भने।
अध्यक्ष एचबी ताम्राकारले आफ्नो मन्तव्यमा मिडियाको सामाजिक उत्तरदायित्व, जनमुखी समाचार तथा नेपाली मौलिकतामा आधारित सामग्रीहरू उत्पादन गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले भने, “हामी मुनाफा होइन, मुल्य र मान्यताका लागि पत्रकारिता गर्छौं। यो क्यालेन्डर पनि त्यसकै सन्देश बोकेको हो।”
Screenshot
यो अवसरमा विभिन्न सञ्चारकर्मी, बुद्धिजीवी, राजनीतिकर्मी तथा समाजसेवीहरूको उपस्थिति रहेको थियो। उनीहरूले एसनेपाल न्यूज मिडियाको अग्रसरतालाई नेपाली मिडियामा नयाँ आशाको रूपमा स्वागत गरेका थिए।
मुलुकको वर्तमान राजनीतिक, सामाजिक परिवेशमा पत्रकारिताले खेलेको भूमिकालाई अझ सशक्त बनाउने उद्देश्यले अघि बढिरहेको एसनेपाल न्यूज मिडिया अब हरेक वर्ष यस्ता सृजनात्मक प्रकाशनमार्फत समाजसँग प्रत्यक्ष संवाद गर्दै जाने जनाएको छ।
यस्तो खालको सकारात्मक सुरुवातले नेपाली मिडियामा नयाँ चेतना र विश्वसनीयता स्थापना गर्ने अपेक्षा गरिएको छ।