Main Navigation
  • होमपेज
  • समाचार
  • राजनीति
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणिज्य
    • बैंक/बित्त
    • बीमा
    • सेयर बजार
  • कला / मनोरञ्जन
    • कलिवुड
    • बलिउड
    • हलिउड
  • सूचना-प्रविधि
  • अन्तराष्ट्रिय
  • विचार
  • अन्तर्वार्ता
Yes Nepal News
  • होमपेज
  • समाचार
  • राजनीति
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणिज्य
    • बैंक/बित्त
    • बीमा
    • सेयर बजार
  • कला / मनोरञ्जन
    • कलिवुड
    • बलिउड
    • हलिउड
  • सूचना-प्रविधि
  • अन्तराष्ट्रिय
  • विचार
  • अन्तर्वार्ता
Search Here
  • समाचार
  • Home
  • News
  • जलवायुको बहुपक्षीय कोषमा पहुँच पुरयाउन पहल गरिनेछ : वनमन्त्री ठकुरी
जलवायुको बहुपक्षीय कोषमा पहुँच पुरयाउन पहल गरिनेछ : वनमन्त्री ठकुरी
64x64
एस नेपाल न्युज संवाददाता
३ महिना अगाडी

काठमाडौँ, ३ माघ : वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायुको बहुपक्षीय कोषमा पहुँच पुरयाउन पहल गरिने बताउनुभएको छ ।

राष्ट्रियसभा अन्तर्गत विकास, आर्थिक मामिला तथा सुशासन समितिले आज आयोजना गरेको ‘विश्व जलवायु सम्मेलन (कोप २९) को समीक्षा र नेपालको आगामी कार्यदिशा’ बारेमा छलफल गर्दै मन्त्री ठकुरीले अन्तर्राष्ट्रिय जलवायु कोषबाट जलवायु बित्तमा पहुँच स्थापित गर्न पहल जारी रहने बताउनुभयो । कोप–२९ मा हिमालका मुद्दालाई प्राथमिकता दिए पनि सोचे अनुरुपको उपलब्धी आउन नसकेको उल्लेख गर्दै उहाँले आगामी दिनमा निरन्तर रुपमा पर्वतीय क्षेत्रका मुद्दालाई प्राथमिकताका साथ उठान गरिने प्रतिबद्धता जनाउनुभयो ।

“कोप–२९ मा हाम्रो सहभागिता उपलब्धिमूलक रह्यो, अझै आगामी दिनमा अर्थपूर्ण बनाउन थप गृहकार्य गर्ने छौँ”, उहाँले भन्नुभयो, “स्थायी प्रकृतिको वार्ता टोली गठन गरी प्रशिक्षणको व्यवस्था गरेर आगामी ३०औँ कोपलाई थप उपलब्धिमूलक बनाउँछौँ ।”

समितिकी सभापति कमला पन्तले कोप–२९ को समीक्षा गर्दै आगामी कोपलाई प्रभावकारी बनाउने योजना बनाउन सुझाव दिनुभयो । सांसद डा अञ्जन शाक्यले जलवायु वित्तमा अब कसरी पहुँच स्थापित गराउने भन्नेमा नेपालको धयान पु¥याउन आवश्यक रहेकामा जोड दिनुभयो ।

यसैगरी सांसद तुलप्रसाद विश्वककर्माले कोपमा अर्थपूर्ण सहभागिताका लागि नेपालले थप गृहकार्य गर्न आवश्यक रहेको बताउनुभयो । सांसद झक्कुप्रसाद सुवेदीले अबदेखि सांसदहरुलाई गैरसरकारी संस्थाको खर्चमा विदेश भ्रमणमा नजान सुझाव दिनुभयो ।

सांसदहरु विष्णुबहादुर विश्वकर्मा र उर्मिला अर्यालले कोपमा सहभागीहरुको भूमिका स्पष्ट गराएर मात्रै सहभागिता गराउनुपर्ने बताउनुभयो । वन तथा वातावरण मन्त्रालयका सचिव डा दीपककुमार खरालले कोप–२९ मा नेपालको अर्थपूर्ण सहभागिता रहेकाले आगामी कोपमा नेपालको हितलाई ध्यानमा राखेर एजेन्डा तय गरिने बताउनुभयो ।

अर्थ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले कोप–२९ मा आवश्यकता अनुसारको जलवायु वित्त प्रतिबद्धता आउन नसकेको भन्दै यसबाट जलवायु नीति कार्यान्वयनका लागि चुनौती रहेको बताउनुभयो । मन्त्रालयअन्तर्गत जलवायु व्यवस्थापन महाशाखाका प्रमुख डा महेश्वर ढकालले अन्तर्राष्ट्रिय जलवायु वित्तमा पहुँच पु¥याउन सबैको सहकार्य आवश्यक रहेको बताउनुभयो । रेड कार्यान्वयन केन्द्रका प्रमुख नवराज पुडासैनीले कोपको नजिता तत्काल नदिए दीर्घकालीन रुपमा देखिने भन्दै कोप–२९ मा कार्बन व्यापारसम्बन्धी भएको निर्णयले नेपाल जस्ता मुलुकलाई फाइदा पुग्ने बताउनुभयो ।

वन मन्त्रालयका पूर्व सहसचिव डा सिन्धुप्रसाद ढुङ्गानाले नेपाल जलवायुजन्य जोखिममा रहेकाले जलवायु न्यायका लागि आवाज निरन्तर उठाउनुपर्ने सुझाव दिनुभयो । ऊर्र्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव सुशीलचन्द्र आचार्यले ऊर्जा क्षेत्रले जलवायु परिवर्तन न्यूनीकरणमा सहयोग गर्ने उल्लेख गर्दै जलवायु वित्तलाई ऊर्जा क्षेत्रमा प्रयोग गर्न सकिने बताउनुभयो ।

प्रकाशित मिति: ३ महिना अगाडी
अन्तर्राष्ट्रिय जलवायु कोषऐनबहादुर शाही ठकुरी
प्रतिक्रिया दिनुहोस्

Leave a reply Cancel reply

Your email address will not be published. Required fields are marked *

The facebook comment plugin code goes here.
थप समाचार
काठमाडौंको मखनमा भीषण आगलागी, एक जनाको मृत्यु (भिडियो) २ घण्टा अगाडी
Journey From Siddhartha to Buddha (Lumbini to Bodhgaya: Arvind Singh ५ घण्टा अगाडी
Gautam Buddha University Under Visionary Leadership: Prof. Rana Pratap Singh ७ घण्टा अगाडी
H.E. Naveen Srivastava – Strengthening the Pillars of India-Nepal Relations with Diplomatic Finesse १३ घण्टा अगाडी
युवराज सफल: मुद्दा हाल्ने अधिवक्ताबाट विवादित मोडलसम्मको यात्रा १३ घण्टा अगाडी
पूर्णायु आयुर्वेद हस्पिटललाई ऐतिहासिक श्रीगण्डकी शत कुण्डीय कोटिहोम विराट् ज्ञान महायज्ञमा विशेष सम्मान १४ घण्टा अगाडी
विचार
Journey From Siddhartha to Buddha (Lumbini to Bodhgaya: Arvind Singh एस नेपाल न्युज संवाददाता
युवराज सफल: मुद्दा हाल्ने अधिवक्ताबाट विवादित मोडलसम्मको यात्रा एस नेपाल न्युज संवाददाता
भवन भट्टको महत्वपूर्ण स्पीच: आर्य होटेल एण्ड स्पाका प्रमुखलाई शुभकामना, विवि एयरवेज़ छिट्टै सञ्चालनमा आउने घोषणा (भिडियो) एस नेपाल न्युज संवाददाता
ब्लग
Journey From Siddhartha to Buddha (Lumbini to Bodhgaya: Arvind Singh एस नेपाल न्युज संवाददाता
युवराज सफल: मुद्दा हाल्ने अधिवक्ताबाट विवादित मोडलसम्मको यात्रा एस नेपाल न्युज संवाददाता
भवन भट्टको महत्वपूर्ण स्पीच: आर्य होटेल एण्ड स्पाका प्रमुखलाई शुभकामना, विवि एयरवेज़ छिट्टै सञ्चालनमा आउने घोषणा (भिडियो) एस नेपाल न्युज संवाददाता
लोकप्रीय
  • Week
  • Month
काठमाडौंको मखनमा भीषण आगलागी, एक जनाको मृत्यु (भिडियो)
Journey From Siddhartha to Buddha (Lumbini to Bodhgaya: Arvind Singh
Gautam Buddha University Under Visionary Leadership: Prof. Rana Pratap Singh
H.E. Naveen Srivastava – Strengthening the Pillars of India-Nepal Relations with Diplomatic Finesse
युवराज सफल: मुद्दा हाल्ने अधिवक्ताबाट विवादित मोडलसम्मको यात्रा
काठमाडौंको मखनमा भीषण आगलागी, एक जनाको मृत्यु (भिडियो)
Journey From Siddhartha to Buddha (Lumbini to Bodhgaya: Arvind Singh
Gautam Buddha University Under Visionary Leadership: Prof. Rana Pratap Singh
H.E. Naveen Srivastava – Strengthening the Pillars of India-Nepal Relations with Diplomatic Finesse
युवराज सफल: मुद्दा हाल्ने अधिवक्ताबाट विवादित मोडलसम्मको यात्रा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
सुन-चाँदि
सेयर बजार
Contact Us

Yes Nepal News Pvt. Ltd.

Balkhu, Kathmandu, Nepal
Email: yesnepalnewstv@gmail.com
URL: www.yesnepalnews.com.np

Phone

Marketing: +977-9843669561
Team
अध्यक्ष / प्रधान सम्पादक एचबी ताम्राकार (हर्क बहादुर)
प्रबन्ध निर्देशक / सम्पादक राजेन्द्र ताम्राकार
समाचार प्रमुख सुमन श्रेष्ठ
संवाददाता सुमन श्रेष्ठ सुमन श्रेष्ठ
बजार प्रमुख सुमन श्रेष्ठ
महत्वपूर्ण लिङ्कहरु
  • हाम्रो टीम
  • साइटम्याप
  • गोपनीयता नीति
  • नियम तथा सर्त
  • हामीसँग विज्ञापन गर्नुहोस्
साइट नेविगेशन
  • हाम्रो टीम
  • साइटम्याप
  • गोपनीयता नीति
  • नियम तथा सर्त
  • हामीसँग विज्ञापन गर्नुहोस्
© Yes Nepal News Pvt. Ltd. -2025 All rights reserved. Site by: PROSYS

Prosys Add Ons

This feature is an add-on feature and can be implemented for additional fees.

Please contact info@prosysnepal.com

Prosys News Alert

Allow Cookies ?
Subscribe
 

Loading Comments...