काठमाडौँ । समाजसेवा कुनै ठुलो नाम, पद वा प्रचारका लागि होइन, निस्वार्थ भावनाले गरिन्छ भन्ने कुराको सजीव उदाहरण बनेकी छिन्—कर्मथलो इजरायलमा बस्दै आएकी समाजसेवी सिमा श्रेष्ठ।
सिमा श्रेष्ठ पवित्र मन, दया भावना र सच्चा देशप्रेम बोकेकी नेपाली चेली हुन्। उनले विगतका कठिन समयमा देश र नागरिकलाई जसरी सम्झिन्, त्यसले उनलाई उदाहरणीय बनाएको छ। महाभूकम्पको बेला आफ्नै दुःख–सुख छाडेर पीडितका लागि सहयोग जुटाइन्, कोरोना महामारीका समयमा खान–लाउन गाह्रो परेका असहाय नागरिकहरूलाई राहत पु¥याइन्।
यतिमा मात्र सीमित नभई उनले अनाथालयमा रहेका बालबालिका, वृद्धाश्रममा बस्ने ज्येष्ठ नागरिकलाई निरन्तर खाद्यान्न, लत्ताकपडा र आर्थिक सहयोग गर्दै आएकी छिन्। ‘अनाथलाई आफन्तझैँ र वृद्धलाई आफ्ना आमाबुबाझैँ सम्झेर सहयोग गर्नु पर्छ’ भन्ने विश्वास बोकेकी श्रेष्ठले कुनै प्रचारको अपेक्षा नगरी चुपचाप सेवा गरिरहेकी छिन्।
विदेशमा कडा मिहिनेत गरेर कमाएको आम्दानीमध्ये केही अंश समाजकल्याणमा खर्च गर्नु उनको बानी जस्तै बनेको छ। उनका नजिकका साथीहरू भन्छन्, “सिमाजीले सहयोग गर्दा कहिल्यै यो मैले गरेँ भनेर देखाउन खोज्नु भएन, बरु अरुलाई पनि सकेको गर्न प्रेरित गर्नु भयो।”
आजको दिनमा धेरै नेपाली विदेशमा रहँदा आफ्नो व्यक्तिगत जीवनमै व्यस्त छन् तर सिमा श्रेष्ठले भने आफ्नो कामसँगै मातृभूमिको दुःख सम्झेर सहयोगको हात बढाइरहेकी छन्। समाजसेवामा उनको सक्रियता र निस्वार्थपनले उनलाई एउटा आदर्श नेपाली चेलीको रूपमा प्रस्तुत गरेको छ।