काठमाडौं, वैशाख ३०, २०८२ — सम्मानित सर्वोच्च अदालतको निर्देशनअनुसार गठित “गैर आवासीय नेपाली संघ (NRNA) उच्चस्तरीय समिति” समक्ष एक महत्वपूर्ण चरणको सम्पन्नता भएको छ। एनआरएनएको एकताको महाधिवेशन २०८२ अन्तर्गत अन्तर्राष्ट्रिय समन्वय परिषद (ICC) को निर्वाचन प्रक्रिया सफलतापूर्वक सम्पन्न गरी निर्वाचनसम्बन्धी सम्पूर्ण दस्तावेज र प्रतिवेदनहरू संयोजक डा. शेष घलेलाई औपचारिकरूपमा हस्तान्तरण गरिएको छ।

उक्त निर्वाचन समिति गठन सर्वोच्च अदालतको आदेश, संख्या ०७८-WO-०७५० अनुसार गरिएको थियो, जसअनुसार निर्वाचन प्रक्रिया, सहभागिता र प्रणाली सबै विधिपूर्वक सम्पन्न गरियो। निर्वाचन समितिको प्रमुख संयोजकको जिम्मेवारी निर्वाह गर्दै निर्वाचन प्रक्रियाको निष्पक्षता सुनिश्चित गरिनुका साथै सम्पूर्ण विवरणहरू उच्चस्तरीय समितिमा बुझाइएको छ।
समितिको नेतृत्वमा, महिला, युवा, तथा क्षेत्रीय प्रतिनिधित्वलाई विशेष प्राथमिकता दिँदै निर्वाचित प्रतिनिधिहरूको सहभागिता सुनिश्चित गरिएको बताइएको छ। डा. घलेले प्राप्त निर्वाचन प्रतिवेदनलाई ऐतिहासिक कदमको रूपमा व्याख्या गर्दै आगामी एकताको कार्ययोजनामा यसको उपयोग गरिने जनाएका छन्।
यस ऐतिहासिक कार्यको सफल समापनप्रति डा. शेष घले, बिनोद कुँवरसहित गैरआवासीय नेपाली समाजका सम्पूर्ण सदस्यहरूले निर्वाचन समितिको संयोजक, सदस्यहरू तथा सहयोगी निकायप्रति आभार प्रकट गरेका छन्।