काठमाडौं – बावर्ची होटल एन्ड क्याफेका प्रमुख तथा समाजसेवी व्यवसायी उपेन्द्र खड्काले आफ्नो जन्मदिनलाई विशेष बनाउँदै समाजसेवाको अनुपम उदाहरण प्रस्तुत गरेका छन्। जन्मदिनको अवसरमा उनले संयुक्त अपाङ्ग एकता आवाज केन्द्रमा आश्रित ५७ जना अनाथ तथा अपाङ्ग बालबालिकालाई एक छाक भोजन गराएका छन्।
उक्त मानविय सेवाले सामाजिक उत्तरदायित्वप्रतिको उनको गहिरो समर्पणलाई उजागर गरेको छ। एक छाक भोजन मात्र नभई उनले ती बालबालिकासँग समय बिताएर माया, आत्मीयता र प्रेरणा समेत बाँडेका छन्। यस कार्यका लागि केन्द्रका तर्फबाट खड्काप्रति हार्दिक आभार प्रकट गरिएको छ।

संस्थाले जारी गरेको वक्तव्यमा भनिएको छ, “श्री उपेन्द्र खड्का ज्यु, तपाईंले आफ्नो शुभ जन्मदिनको अवसर पारेर संयुक्त अपाङ्ग एकता आवाज केन्द्रमा आश्रित ५७ जना अनाथ बालबालिकालाई एक छाक भोजन गराई मानवीय सेवाको उदाहरण प्रस्तुत गर्नु भएकोमा हामी हार्दिक आभार प्रकट गर्दछौं। तपाईंको यो योगदान प्रेरणादायी तथा सराहनीय छ। समाजप्रतिको यो सेवा भावना सधैं सम्झन योग्य रहनेछ।”

उपेन्द्र खड्का नाफामुखी व्यवसायसँगै समाजसेवामा पनि उत्तिकै सक्रिय छन्। उनले साना–साना सामाजिक पहलहरूलाई पनि उच्च प्राथमिकतामा राख्दै आएका छन्। यस्ता कार्यहरूले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने र अरूलाई पनि समाजसेवामा लाग्न प्रेरणा दिने विश्वास लिइएको छ।त्यसैगरी खड्काकी आमा, श्रीमती र छोराछोरी पनि उपस्थित हुनुहुन्थ्यो।

संस्थाले खड्काको दीर्घायु, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको कामना गर्दै आगामी दिनहरूमा पनि उनको सहयोग र सहकार्यको अपेक्षा गरेको छ।मानवियतामा आधारित यस्तो कार्य सम्पूर्ण व्यवसायी वर्गका लागि उदाहरणीय र प्रेरणादायी बन्न सक्छ।
IMG_2449 