काठमाडौं– नेपाली जनताको भरोसाको नयाँ स्वरूप बनेकी राष्ट्रिय स्वतन्त्र पार्टी (RSP) की लोकप्रिय सांसद सोबिता गौतमले अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाललाई पुनः गौरव गराएकी छन्। संसारभरका सांसदहरूको छाता संस्था इन्टर–पार्लियामेन्टरी युनियन (IPU) को १५०औं महासभामा आयोजित निर्वाचनमा गौतम स्वास्थ्य समितिको सदस्यमा अत्यन्त प्रतिस्पर्धात्मक रुपमा निर्वाचित भएकी हुन्।
यो स्वास्थ्य समितिको कार्यकाल सन् २०२९ को मार्चसम्म रहनेछ। यो समितिमा गौतमले नेपालबाट प्रतिनिधित्व गर्दै १६ देशका उच्च सांसदहरूसँग सहकार्य गर्नेछिन्।
नेपालबाट इतिहासमै पहिलोपटक यस्तो गौरवपूर्ण नियुक्ति
IPU को २१४औं महासत्रमा रहेको निर्णय अनुसार स्वास्थ्यसम्बन्धी पूर्व सल्लाहकार समूहलाई अपग्रेड गर्दै पूर्ण अधिकारसम्पन्न समिति बनाइएको थियो। सो नवगठित समितिमा नेपालकी तर्फबाट प्रतिनिधित्व गर्ने दुर्लभ अवसर सोबिता गौतमले जितेकी हुन्।
विश्व मञ्चमा नेपालसँगै रहने सांसदहरू यस्ता छन्
:
- संयुक्त अरब इमिरेट्स — R. Al Mansoori
- केन्या — C. Mueke Mumma
- भारत — S. Jaiswal
- मेक्सिको — S. Avila
- नेदरल्याण्ड्स — J. Tielen
- स्विजरल्याण्ड — C. Lohr
- अल्जेरिया — F. Ilimi
- आयरल्याण्ड — L. Clifford-Lee
- फ्रान्स — V. Riotton
- नामीबिया — Tangi Muteka
- उज्बेकिस्तान — O. Ataniyazova
- जिम्बाब्वे — S. Tshabangu
गौतमको यो सफलता के संकेत गर्छ?
यो जित केवल व्यक्तिको होइन, यो नेपालको अन्तर्राष्ट्रिय पहिचानको पुनः पुष्टि हो।
यो प्रतिनिधित्व स्वास्थ्य नीति, मानव अधिकार र सार्वजनिक हितका पक्षमा आवाज बुलन्द गराउने राष्ट्रिय जीत हो।
कडा प्रतिस्पर्धा बीच जित
दर्जनौं योग्य उम्मेदवारहरू प्रतिस्पर्धामा रहे तापनि गौतमको प्रस्ट दृष्टिकोण, समर्पण र सशक्त नेतृत्वले उनलाई यो सफलता दिलाएको हो।